Logo बैशाख ३०, २०७८ बिहीबार


ओलीलाई योगेश भट्टराईको आग्रह : प्रधानमन्त्रीबाट राजीनामा दिएर एकताको ढोका खोल्नुहोस्

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्दोलनरत पक्षका नेता तथा पूर्व मन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको पदबाट राजीनामा गरेर पार्टी एकताको ढोका खोल्न आग्रह गर्नुभएको छ ।

नेकपा आन्दोलनरत पक्षका प्रचार विभाग प्रमुखसमेत रहनुभएका भट्टराईले प्रधानमन्त्री ओलीलाई तुरुन्तै राजीनामा दिएर एकताको ढोका खोल्न आग्रह गर्नुभएको हो।

प्रेस संगठन नेपालले शुक्रबार सदरमुकाम फुङलिङमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भट्टराईले आफू एकताको पक्षमा रहेको बताउनुभयो । उहाँले देश र जनताका लागि प्रचण्ड र माधव नेपालले पनि प्रधानमन्त्री पदको मोह छोडेर पार्टी एकताका लागि अगाडि बढ्नुपर्ने बताउनुभयो ।

अध्यक्ष प्रचण्ड तथा प्रधानमन्त्री केपी शर्मा ओलीले समझदारीमा गएर पार्टी एकतामा अघि बढ्नु पर्ने भट्टराईको भनाइ छ ।

प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेको ६५ दिनमा प्रचण्ड तथा माधव नेपालले ६५ पटक नै प्रधानमन्त्रीका लागि होइन भनेर भाषण गर्नुभएको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘साँच्चै उहाँहरूले आत्माबाट भनेको हो भने प्रधानमन्त्रीको मोहलाई त्यागी पार्टी एकतामा लाग्नुको विकल्प छैन ।’

‘नेकपा अहिले संक्रमणको अवस्थामा छ, देशभरका नेता तथा कार्यकर्ताहरुको चाहनाबमोजिम पार्टी एकताका लागि अघि बढ्नुको विकल्प छैन ।’ बिरामी अवस्थामा हस्पिटलको बेडमा रहेको नेकपालाई राम्रो चिकित्सक भए बचाउने सक्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…

जपाको पूर्ण समर्थन नभएको अवस्थामा एमालेका माधवकुमार नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामा दिए मात्रै कांग्रेसले नयाँ सरकार निर्माणमा सफलता प्राप्त…

हाल देशभर आँशिकदेखि सामान्य बदली रहेको महाशाखाको भनाइ छ।

प्रेममा प्रशन्नता बढ्नेछ । धनको सहयोग मिल्नेछ । पैसाको जोहो हुुनेछ ।

संघले बुधवार विज्ञप्ति जारी गरी नेपालको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको भन्दै रेड अर्लट घोषणा गरेको हो ।

कार्यालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीलाई परीक्षण गराई रोगको निदानका लागि समुचित औषधि प्रयोग गर्न गराउनसमेत आग्रह गरेको छ…