Logo बैशाख २८, २०७८ मंगलबार


म्यानमार नरसंहारको विरोध गर्दै नागरिक अगुवाकाे प्रदर्शन

काठमाडाैं । म्यानमारमा भएको नरसंहारको विरोध गर्दै नेपालका नागरिक अगुवाहरुले प्रदर्शन गरेका छन् । मान्मारमा भएको नरसंहारको विरोधमा शुक्रबार नागरिक अगुवाहरुले ‘प्रतिगमन विरुद्ध बृहत नागरिक आन्दोलन’ को ब्यानरमा ललितपुरस्थित म्यानमारको दुतावास अगाडि प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा नागरिक आन्दोलन जारी छ, म्यानमार नरसंहार बन्द गर, हामी म्यानमारका जनताको साथमा छौँ, म्यानमार नरसंहारबारे अन्तर्राष्ट्रिय समुदाय बोल, म्यानमार सरकार नागरिक हत्या बन्द गर लगायत लेखिएका प्लेकार्डहरु प्रदर्शन गरेका थिए भने आ–आफ्नो तीनवटा औँला देखाएर प्रदर्शनमा उत्रिएका थिए ।

प्रदर्शनमा नागरिक अगुवाहरु खगेन्द्र संग्रौला, डा. गोविन्द केसी, नारायण वाग्ले, युग पाठक लगायतको सहभागिता रहेको थियो । प्रदर्शनलाई सम्बोधन गर्दै नागरिक अगुवा खगेन्द्र संग्रौलाले स्वतन्त्रताप्रेमी, लोकतन्त्र र स्वायत्तताप्रेमी नागरिकहरु म्यान्मारका नागरिकहरुलाई एक्येवद्धता जनाउन सडकमा आएको बताउनुभयो । अहिलेको समय लोकतन्त्र, नागरिक स्वतन्त्रता र मुक्तिको समय भन्दै संग्रौलाले  म्यान्मारका नागरिकले जित्ने पनि बताउनुभयो ।

विरोध प्रदर्शनमा म्यानमारको सैनिक दमनलाई सांकेतिक रुपमा देखाउन कलाकारहरुले प्रस्तुति पनि देखाएका थिए ।

म्यान्मारम फेब्रुअरी १ मा सेनाले आफ्नो हातमा सत्ता लिएपछि त्यसको विरोधमा निरन्तर आन्दोलन हुँदै आएको छ । संघर्षका क्रममा चार दर्जनभन्दा बढी नागरिकहरुले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…

प्रयोगशालाका लागि आवश्यक सामग्रीको अभावमा अस्पतालले परीक्षण रोकेको अस्पताल प्रशासन स्रोतले जानकारी दिएकाे छ ।

 बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजना बाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ । साथै अबको निषेधाज्ञा  थप कडा…

सहभागी प्रशिक्षार्थीहरुमा डेनमार्क, बेल्जियम, स्पेन, स्वीडेनलगायतका युरोपेली मुलुकमा रोजगारी तथा अध्ययनमा रहेका १८ युवा रहेको क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरका…