Logo बैशाख ३०, २०७८ बिहीबार


क्यासिनोबाट जुवातास खेलिरहेका १० जना पक्राउ

काठमाडौं । ताहाचलस्थित प्लाटिनम होटलको अन्डर ग्राउण्डमा रहेको सिएमजी क्यासिनोमा जुवा खेलिरहेका १० जना पक्राउ परेका छन् । जुवा खेलिरहेको भन्ने सुचनाका आधारमा प्रहरीले बिहीबार दिउँसो क्यासिनोबाट १० जनालाई पक्राउ गरेको हो ।

जुवातास खेल्ने तथा खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा भारत विहार मोतिहारी घर भएका ३८ वर्षीय रंजित कुमार जैसवाल लगायत १० जना पक्राउ परेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त कालिमाटिबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट नगद आठ लाख २६ हजार नौ सय ८० रुपैयाँ, नौ लाख रुपैयाँ लेखिएको तीन थान बैंक चेक, करिब पाँच लाख ७० हजार रुपैयाँ बराबरको तीन सय ९० वटा क्यासिनो क्याईन, १५ बुक तास, तीन थान ग्रिन गोल्ड र तीन थान प्लाटिनम कार्ड, एक थान पैसा गन्ने मेशिन र एक थान सोल्छ मिटर रिडिङ बुक प्रहरीले बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…

जपाको पूर्ण समर्थन नभएको अवस्थामा एमालेका माधवकुमार नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामा दिए मात्रै कांग्रेसले नयाँ सरकार निर्माणमा सफलता प्राप्त…

हाल देशभर आँशिकदेखि सामान्य बदली रहेको महाशाखाको भनाइ छ।

प्रेममा प्रशन्नता बढ्नेछ । धनको सहयोग मिल्नेछ । पैसाको जोहो हुुनेछ ।

संघले बुधवार विज्ञप्ति जारी गरी नेपालको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको भन्दै रेड अर्लट घोषणा गरेको हो ।

कार्यालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीलाई परीक्षण गराई रोगको निदानका लागि समुचित औषधि प्रयोग गर्न गराउनसमेत आग्रह गरेको छ…