Logo बैशाख ७, २०७८ मंगलबार


अर्थमन्त्री पौडेल बोल्दाबोल्दै मञ्चमा आक्रमण

रुपन्देही । मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यासका लागि पुग्नुभएका अर्थमन्त्री विष्णुप्रसाद पौडेलमाथि स्थानीयले आक्रमण गरेका छन्। स्थानीयको जग्गा जबरजस्ती हडपेर औद्योगिक क्षेत्र बनाउन लागिएको भन्दै स्थानीयले अर्थमन्त्री बोल्दाबोल्दै मञ्चमा आक्रमण गरेका हुन् ।

अर्थमन्त्री आउने भएपछि स्थानीयले हिजोदेखि नै विरोध गरिरहेका थिए । उनीहरुले आफ्नो ठाउँको लागि मन्त्री पौडेलले केही नगरेको भन्दै विरोध गरेका हुन् ।

बलियो सुरक्षा घेरामा आज शिलान्यास कार्यक्रम सम्पन्न गरेपछि मञ्चमा अर्थमन्त्री पौडेलले बोल्दै गर्दा स्थानीयले मञ्चमै आक्रमण गरेका हुन्। आक्रमणपछि मन्त्री बोल्न छोडेर बीचैमा निस्कनुभएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।