Logo बैशाख २, २०७८ बिहीबार


नेता जाेशीकाे स्वास्थ्यमा चामत्कारिक सुधार

काठमाडाैं । मष्तिष्कघात भई गत शुक्रवार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना हुनु भएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीकाे स्वास्थ्यमा सुधार देखिएकाे छ । उहाँ आफै सास फेर्न थाल्नुभएकाे अस्पताल स्राेतले बताएकाे छ ।

नेता जोशीको अवस्थामा चमात्कारिक सुधार भएपछि बिहीवार बिहानदेखि नै भेन्टिलेटरको फूल सपोर्ट हटाइएको चिकित्सककाे भनाइ छ।

उहाँको उपचारमा संलग्न न्यूरो सर्जन डा राजीव झाका अनुसार भेन्टिलेटर हटाएपछि उहाँले सामान्य रुपमा सास फेर्न थाल्नुभएकाे छ । ‘यो भनेको अनपेक्षित सुधार हो ।’ डा झाले भन्नुभयाे–‘जोशीको स्वास्थ्यमा यति चाँडै यति राम्रो सुधार होला भन्ने लागेको थिएन ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । नेपाली कांग्रेस र माओवादी…

कास्की। माओवादी केन्द्रको समर्थनमा नेपाली काँग्रेसले गण्डकी प्रदेश सरकारको नेतृत्व गर्ने सम्भावना बढ्दै जाँदा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वकाे सरकारकाे दिनगन्ती…

हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली भइ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

घरायसी तनाव बढ्नेछ। विश्वास घात हुन सक्नेछ। मनमा शंकाले दु:ख दिनेछ ।

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।