Logo बैशाख २८, २०७८ मंगलबार


जीवन बलिदान दिन तयार छौँ तर शहीदको सपना मर्न दिदैनौँ : विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले शहीदको सपना मर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । राष्ट्रिय सभागृहमा भएको नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीचको सहमती हस्ताक्षर कार्यक्रममा बोल्दै विप्लवले जीवनको बलिदान दिएर पनि शहीदको सपना मर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘शहीद परिवारलाई विश्वास म दिलाउँछु कि हामी हाम्रो जीवनलाई बलिदान दिन तयार छौँ तर शहीदको सपना मर्न दिदैनौँ ।’ उहाँले कम्युनिष्ट विद्रोहका योद्वा मात्रै भएर शान्तिका दुत पनि भएको बताउनुभयो । महासचिव विप्लवले जुन दिन कम्युनिष्ट सफल हुन्छ तब विश्वबाट हातहतियारका साथै युद्ध पनि सदाका लागि बन्द हुने बताउनुभयो ।

उहाँले सरकारसँगको आफूहरुको सहमतिको पछाडि एउटा पार्टी, एउटा नेताको मात्र नभएर देशलाई आत्मनिर्भर, स्वालम्बी बनाउने, स्थिरता कायम राख्ने, नेपाली जनताको समृद्धिको आकांक्षा, युवाका सपनाहरु लगायतका कुराहरु रहेको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…

प्रयोगशालाका लागि आवश्यक सामग्रीको अभावमा अस्पतालले परीक्षण रोकेको अस्पताल प्रशासन स्रोतले जानकारी दिएकाे छ ।

 बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजना बाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ । साथै अबको निषेधाज्ञा  थप कडा…

सहभागी प्रशिक्षार्थीहरुमा डेनमार्क, बेल्जियम, स्पेन, स्वीडेनलगायतका युरोपेली मुलुकमा रोजगारी तथा अध्ययनमा रहेका १८ युवा रहेको क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरका…