Logo बैशाख २, २०७८ बिहीबार


नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताउनुभएको छ । राष्ट्रिय सभागृहमा भएको नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीचको सहमती हस्ताक्षर कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले अब नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘नेपाल शान्तिपूर्ण यूगमा प्रवेश गरेको छ । अब नेपालमा हिंसात्मक द्वन्द्व छैन । नेपालमा अब हिंसात्मक आन्दोलनको कार्यदिशा कसैले पनि अबलम्वन गरेको छैन । नेपाल शान्तिपूर्ण देश हो र यहाँ शान्ति छ ।’

प्रधानमन्त्री ओलीले नेपाली जनताले, नेपाल राष्ट्रले शान्ति खोजेको र अब त्यो बाटोमा नेपाल प्रवेश गरिसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जनतालाई चाहिएको राष्ट्रियता र स्वाधिनता, राष्ट्रिय अखण्डता, राष्ट्रिय हितको रक्षा लोकतन्त्रको प्राप्ति। सामाजिक न्याय, अधिकारसम्म पुग्ने अवसर र शान्ति नै हो । देशमा शुशासन होस्, भ्रष्ट्राचारको अन्त्य होस्, विकासका कार्य योजनाबद्ध ढंगले अघि बढुन् भन्ने नै देश र जनताले चाहेको कुरा हो । संमृद्ध नेपाल र सुखी नेपाली हामी सबैले देखेको सपना हो । अब हामी यो बाटोमा लागि सकेका छौँ । यसका लागि म विप्लवजीलाई धन्यवाद दिन चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । नेपाली कांग्रेस र माओवादी…

कास्की। माओवादी केन्द्रको समर्थनमा नेपाली काँग्रेसले गण्डकी प्रदेश सरकारको नेतृत्व गर्ने सम्भावना बढ्दै जाँदा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वकाे सरकारकाे दिनगन्ती…

हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली भइ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

घरायसी तनाव बढ्नेछ। विश्वास घात हुन सक्नेछ। मनमा शंकाले दु:ख दिनेछ ।

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।