झापामा गुडिरहेको ट्रकमा आगोलागी

शम्भु दाहाल
झापा । चन्द्रगढीमा गुडिरहेको ट्रकमा एक्कासी आगोलागी भएको छ । चारआलीबाट भद्रपुर आउँदै ना ३ ख ५८८१ नम्बरको ट्रक चन्द्रगढी चौक नजिकै भद्रपुर रोडतिर मोडिने क्रममा कृषि विकास बैंक छेउमा आगोलागी भएको हो ।
स्थानीय बासिन्दाका अनुसार हिँडिरहेको गाडिमा एक्कासी आगो निस्किएको थियो । झापा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाका अनुसार अपराहन्न तीन बजेतिर प्लाइउडका टुक्रा बोकेर आएको ट्रकमा एक्कासी आगो लागेको थियो ।
आगोलागीको कारण खुल्न नसकेको जानकारी दिँदै प्रवक्ता थापाले आगो नियन्त्रणमा लिन भद्रपुर, विर्तामोड नगरपालिकाका दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोली परिचालन गरिएको थियो । गाडीको विधुत सर्ट भइ आगोलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।