Logo बैशाख ७, २०७८ मंगलबार


नेकपाको विवाद अविलम्व निरुपण गर्न आन्दोलनरत पक्षले बुझायो निर्वाचन आयोगमा ध्यानाकर्षण पत्र

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्दोलनरत पक्षले पार्टीको विवाद अबिलम्व निरुपण गर्न निर्वाचन आयोगमा ध्यानाकर्षण पत्र बुझाएको छ ।

आन्दोलनरत पक्षका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नै आधिकारिक पार्टी भएको दाबी गर्दै छिटो निरुपणका लागि शुक्रबार आयोगमा ध्यानाकर्षण पत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्रमा पार्टीको आधिकारिकता विवाद शीघ्र छिनोफानो गर्न आग्रह गरिएको छ । पत्र बुझाउन नेताहरू राजेन्द्र पाण्डे, लिलामणि पोखरेल, रामनारायण विडारीलगायत निर्वाचन आयोग पुग्नुभएको थियो ।

ध्यानाकर्षण पत्रमा केपी शर्मा ओली लगायतका नेताहरूलाई पार्टी विधानअनुसार गरेको कारवाही तथा पार्टीकाे विभिन्न बैठकमा गरिएका  निर्णय लगायतका विषय समेटिएकाे नेकपा स्राेतले बताएकाे छ ।

ध्यानाकर्षण पत्रकाे पूर्णपाठ :

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन सरेको छ । बैैशाख २५ देखि २८ गतेसम्म तय भएको महाधिवेशन जेठमा…

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।