Logo बैशाख ७, २०७८ मंगलबार


स्थानीयको विरोधकाबीच औद्योगिक क्षेत्रकाे शिलान्यास, माइक छाेडेर भागे अर्थमन्त्री

प्रतिक पौडेल
रुपन्देही । स्थानीयको विरोधकाबीच रुपन्देहीको मोतीपुरमा औद्योगिक क्षेत्र शिलान्यास गरिएको छ । अर्थमन्त्री विष्णु पौडेलले सुरक्षा घेरामा औद्योगिक क्षेत्रको शिलान्यास गर्नुभएको हो ।

स्थानीयको ज्ञापन पत्र, अवरोध गर्ने चेतावनी र वैकल्पिक व्यवस्थाको मागलाई पन्छाएर अर्थमन्त्री पौडेलले शिलान्यास गर्दा कोरिडोर क्षेत्रमा झडपको अवस्था सृजना भएको थियो । पौडेलले भाषण गरिरहँदा स्थानीयले माईकको लाईन काटिदिएपछि पौडेल बीचमै सम्बोधन छाडेर निस्कनु भएको थियो ।

अर्थमन्त्री पौडेल औद्योगिक क्षेत्र शिलान्यासका लागि कार्यक्रम स्थल पुग्नुअघि नै स्थानीयको ठूलो भिड लागेको थियो । जहाँ स्थानीयले वैकल्पिक व्यवस्था बिना हटाउन लागेकोमा आक्रोश पोखेका थिए ।

नाराबाजी
स्थानीयको भिडलाई छिचोल्दै अर्थमन्त्री पौडेलले मोतिपुर औद्योगिक क्षेत्र शिलान्यासका लागि अघि बढ्नुभयो । बाक्लो सुरक्षाकर्मीको माझ शिलान्यास स्थल पुग्नुभएका अर्थमन्त्री पौडेल सवार गाडीमाथि स्थानीयले ढुंगा प्रहार गर्न थाले ।

स्थानीयको नाराबाजी र आक्रोस जारी थियो । तर सुरक्षा घेराबीच अर्थमन्त्री पौडेल र उद्योगमन्त्री लेखराज भट्टले मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास गरेरै छाड्नुभयो । शिलान्यास पछिको समारोहमा नाराबाजीका बीच मन्त्री भट्टले सम्बोधन गरेपनि अर्थमन्त्री पौडेलले पूरा बोल्न समेत पाउनु भएन । आक्रोशित स्थानीयले मञ्चमा ढुंगा प्रहार गर्न थाले । स्थानीयले बिजुलीको लाइन काटिदिए । त्यसपछि अर्थमन्त्री पौडेल सम्बोधन बीचमै रोकेर निस्कनुभयो ।

कार्यक्रम सकेर निस्किँदा पनि पौडेल चढेको गाडीमा स्थानीयले ढुंगा प्रहार गरेका थिए । कार्यक्रम सकिए लगत्तै स्थानीयले शिलान्यस स्तम्भ तोडफोड गरेका छन् ।
आफूहरुले जोतभोग गरेको जग्गा औद्योगिक क्षेत्रको नाममा गएको भन्दै मोतिपुर क्षेत्रका स्थानीले शुरुदेखी नै विरोध जनाउँदै आएका थिए । शिलान्यास कार्यक्रम तय भएपछि जसरी पनि अवरोध गर्ने चेतावनी दिएका थिए ।

बिहीबार राति कार्यक्रमस्थलको मञ्च समेत स्थानीयले भत्काइदिएका थिए । कम्तीमा १० जना स्थानीय प्रदर्शनकारी र एक जना शसस्त्र प्रहरी र जनपद प्रहरी घाइते भएको बताइएको छ । अर्थमन्त्रीको गाडीलाई कार्यक्रमस्थलमा आउन नदिन बिहानैदेखि उपस्थित स्थानीयले पौडेलको गाडीलाई लक्षित गरेर ढुंगा प्रहार गरेपछि प्रहरीको पछाडीबाट पौडेल समर्थक कार्यकर्ताहरुले पनि ढुंगा प्रहार गरेका थिए ।

पौडेलले सम्बोधन बीचमै रोकेर हिँडेपनि सो क्षेत्रमा तनाव भने रोकिएको छैन । स्थानीयले शिलान्यास गरिएको क्षेत्र भत्काएका छन् । यता अर्थमन्त्री पौडेलले भने पत्रकार सम्मेलन गरी विकास विरोधिले पर्दापछाडिबाट स्थानीयलाई उचालेको आरोप लगाउनुभएको छ ।

सरकारले ठूलो संख्यामा प्रहरी तैनाथ गरेर शिलान्यास सम्पन्न गरेपनि शिलान्यास स्थलनै जोगाउन प्रहरीलाई हम्मेहम्मे परेको थियो । मोतिपुर औधोगिक कोरिडोरका लागि अतिक्रमण गरेको ८१३ बिघा जमिन मध्ये २५० बिघा जमिनमा बिगत ५५ वर्ष देखि ३ हजार घर परिवार बस्दै आएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।