Logo बैशाख ७, २०७८ मंगलबार


जनता समाचारमा शुक्रवार प्रकाशित समाचार सार

जनतासमाचार डट्कममा शुक्रवार प्रकाशित समाचारकाे मुख्य अंशहरू :

१.नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्दोलनरत पक्षले पार्टीको विवाद अबिलम्व निरुपण गर्न निर्वाचन आयोगमा ध्यानाकर्षण पत्र बुझाएको छ । आन्दोलनरत पक्षका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नै आधिकारिक पार्टी भएको दाबी गर्दै छिटो निरुपणका लागि शुक्रबार आयोगमा ध्यानाकर्षण पत्र बुझाएको हो ।

२. नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता योगेशकुमार भट्टराईले ताप्लेजुङको दोभानका आगलागी पीडित परिवारलाई पाँच लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको छ । आगलागी क्षेत्रको निरीक्षणपछि विस्थापित परिवारका लागि आज(शुक्रवार) उहाँले मेरिङदेन गाउँपालिका अध्यक्ष गणेशबहादुर चोङ्वाङ लिम्बूलाई सो रकम हस्तान्तरण गर्नुभएकाे हाे।

३. नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्दोलनरत पक्षको संसदीय दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वसम्मत रुपमा चयन हुनुभएको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा आज (शुक्रवार) बसेको संसदीय दलको बैठकले उहाँलाई नेतामा सर्वसम्मत रुपमा चयन गरेको हो।

४.नेपाल सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ ।  संघीय राजधानी काठमाडाैंकाे राष्ट्रियसभा गृहमा शुक्रबार आयोजित हस्ताक्षर कार्यक्रममा नेपाल सरकार र विप्लव नेतृत्वको नेकपा पार्टीका वार्ता टोलीका सदस्यहरुले तीन बुँदे सहमति पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

५.नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्दोलनरत पक्षको संसदीय दलको बैठक वरिष्ठ नेता झलनाथ खनालकाे अध्यक्षतामा शुरू भएकाे छ । फागुन २३ गते बस्ने प्रतिनिधि सभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने सम्बन्धमा रणनीति बनाउनका लागि संसदीय दलको बैठक बोलाइएको हो।

६.मष्तिष्कघात भई गत शुक्रवार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना हुनु भएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीकाे स्वास्थ्यमा सुधार देखिएकाे छ । उहाँ आफै सास फेर्न थाल्नुभएकाे अस्पताल स्राेतले बताएकाे छ ।

७. म्यानमारमा भएको नरसंहारको विरोध गर्दै नेपालका नागरिक अगुवाहरुले प्रदर्शन गरेका छन् । मान्मारमा भएको नरसंहारको विरोधमा शुक्रबार नागरिक अगुवाहरुले ‘प्रतिगमन विरुद्ध बृहत नागरिक आन्दोलन’ को ब्यानरमा ललितपुरस्थित म्यानमारको दुतावास अगाडि प्रदर्शन गरेका हुन् ।

८.नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्दोलनरत पक्षका नेता तथा पूर्व मन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको पदबाट राजीनामा गरेर पार्टी एकताको ढोका खोल्न आग्रह गर्नुभएको छ । नेकपा आन्दोलनरत पक्षका प्रचार विभाग प्रमुखसमेत रहनुभएका भट्टराईले प्रधानमन्त्री ओलीलाई तुरुन्तै राजीनामा दिएर एकताको ढोका खोल्न आग्रह गर्नुभएको हो।

९. स्थानीयको विरोधकाबीच रुपन्देहीको मोतीपुरमा औद्योगिक क्षेत्र शिलान्यास गरिएको छ । अर्थमन्त्री विष्णु पौडेलले सुरक्षा घेरामा औद्योगिक क्षेत्रको शिलान्यास गर्नुभएको हो । स्थानीयको ज्ञापन पत्र, अवरोध गर्ने चेतावनी र वैकल्पिक व्यवस्थाको मागलाई पन्छाएर अर्थमन्त्री पौडेलले शिलान्यास गर्दा कोरिडोर क्षेत्रमा झडपको अवस्था सृजना भएको थियो । पौडेलले भाषण गरिरहँदा स्थानीयले माईकको लाईन काटिदिएपछि पौडेल बीचमै सम्बोधन छाडेर निस्कनु भएको थियो ।

१०.चन्द्रगढीमा गुडिरहेको ट्रकमा एक्कासी आगोलागी भएको छ । चारआलीबाट भद्रपुर आउँदै ना ३ ख ५८८१ नम्बरको ट्रक चन्द्रगढी चौक नजिकै भद्रपुर रोडतिर मोडिने क्रममा कृषि विकास बैंक छेउमा आगोलागी भएको हो ।

११. प्रतिनिधि सभा सदस्य तथा नेकपा नेतृ माया ज्ञवाली दाहाल–नेपाल समूहमा फर्किनुभएको छ । शुक्रबार उहाँ दाहाल–नेपाल समूहले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुनुभएको हो।

१२.प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताउनुभएको छ । राष्ट्रिय सभागृहमा भएको नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीचको सहमती हस्ताक्षर कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले अब नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताउनुभएको हो ।

१३.नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले शहीदको सपना मर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । राष्ट्रिय सभागृहमा भएको नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीचको सहमती हस्ताक्षर कार्यक्रममा बोल्दै विप्लवले जीवनको बलिदान दिएर पनि शहीदको सपना मर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

१४.मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यासका लागि पुग्नुभएका अर्थमन्त्री विष्णुप्रसाद पौडेलमाथि स्थानीयले आक्रमण गरेका छन्। स्थानीयको जग्गा जबरजस्ती हडपेर औद्योगिक क्षेत्र बनाउन लागिएको भन्दै स्थानीयले अर्थमन्त्री बोल्दाबोल्दै मञ्चमा आक्रमण गरेका हुन् ।

१५.हेटौंडामा एक सरकारी कर्मचारी कार्यायलबाट घुससहित पक्राउ परेका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत पर्यटन विकास आयोजनाका सब–ओभरसियर नेत्र लामिछाने शुक्रबार घुससहित कार्यालयबाटै पक्राउ परेका हुन् ।

१६.ताहाचलस्थित प्लाटिनम होटलको अन्डर ग्राउण्डमा रहेको सिएमजी क्यासिनोमा जुवा खेलिरहेका १० जना पक्राउ परेका छन् । जुवा खेलिरहेको भन्ने सुचनाका आधारमा प्रहरीले बिहीबार दिउँसो क्यासिनोबाट १० जनालाई पक्राउ गरेको हो ।

१७. म्यानमारमा भएको नरसंहारको विरोध गर्दै नेपालका नागरिक अगुवाहरुले प्रदर्शन गरेका छन् । मान्मारमा भएको नरसंहारको विरोधमा शुक्रबार नागरिक अगुवाहरुले ‘प्रतिगमन विरुद्ध बृहत नागरिक आन्दोलन’ को ब्यानरमा ललितपुरस्थित म्यानमारको दुतावास अगाडि प्रदर्शन गरेका हुन् ।

१८.अफगानिस्तानमा गएको २४ घण्टा यता भएका हिंसामा परी ९० जनाको ज्यान गएकाे छ । तालिबानी विद्रोही समूहले सरकारसँग वार्ता गरिरहे पनि अफगानिस्तानमा तालिबानहरुले हिंसात्मक घटनालाई निरन्तरता दिइरहेका छन् । शुक्रबार दिएको जानकारी अनुसार गएको २४ घण्टा यता भएका हिंसामा परी ती व्यक्तिको निधन भएको बताइएको हो । रिडक्सन इन भायोलेन्स (आरआइभी) ले साे जानकारी दिएको हो।

१९.नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सचिवालय सदस्य धर्मेन्द्र बास्तोला रिहा हुनुभएको छ । आज बास्तोलालाई काभ्रे प्रहरीले रिहा गरेसँगै उहाँ हिरासतबाट मुक्त हुनुभएको हो । प्रहरीका अनुसार आज बिहान बास्तोलालाई उहाँकी श्रीमती हिमा र ज्वाइँ गणेश भण्डारीको जिम्मा लगाएर रिहा गरेको हो । यसअघि सर्वोच्च अदालतले उहाँलाई रिहा गर्न आदेश दिएपनि गेटबाटै पुनः पक्राउ गरी काभ्रे पुर्‍याइएको थियो ।

२०.साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ तोलामा ९ सय रुपैयाँले घटेको छ । बिहीबार छपावाला सुन प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर प्रतितोला ८५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी आज तेजावी सुन प्रतितोला ८५ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

२१.एसिड आक्रमणमा परेकी  वीरगञ्ज छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड जितेकी छन्। काठमाडौंस्थित अमेरिकी राजदूतावासका अनुसार १५ वर्षीया खातुनले विदेश मन्त्रालयले दिने यस वर्षको इन्टरनेशनल विमेन अफ करेज अवार्ड पाएकी हुन्।

२२.व्यवसायी एवं समाजसेवी महन्त श्रेष्ठ बेलायतका लागि पर्यटन दूत नियुक्त हुनुभएको छ । नेपाल पर्यटन बोर्डले उहाँलाई मानार्थ जनसम्पर्क प्रतिनिधिका रूपमा आगामी दुई वर्षका लागि नियुक्त गरेको हो ।

२३.अनौपचारीक रुपमा विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा संसदीय राजनीतिको सरगर्मी बढिरहेका बेला पार्टी नेतृ तथा संघीय सांसद गंगा चौधरीले आफू कम्युनिष्ट पाटीको मूल्य, मान्यता र विधिको पक्षमा निष्ठापूर्वक उभिने प्रष्ट पार्नुभएको छ । चौधरीले विघटित संसद पुन:स्थापना गरेर सर्वोच्च अदालतले जनतालाई न्याय दिलाएको र न्याय कहिल्यै नमर्ने आभास भएको पनि उल्लेख गर्नुभयो ।

२४. विश्वभरमा नौं करोड १८ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । शुक्रबार बिहानसम्ममा नौं करोड १८ लाख ५९ हजार चार सय ७४ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।