Logo जेठ १, २०७८ शनिबार


मेरी प्रिया

क्षितिजबाट बादलसँगै मडारिँदै
आउँछौ कि ? भनी
आशाको त्यान्द्रोमा बहकिन्छु
अनि कानमा सुटुक्क गुञ्जन्छ तिम्रो आवाज
मेरी प्रिया ! मेरी प्रिया !! मेरी प्रिया !!!

झरनाको सुसेलीसँगै झरझराउँदै
आउँछौ कि ? भनी
कल्पनाको सागरमा तैरिन्छु
अनि कानमा सुटुक्क गुञ्जन्छ कर्ण प्रिय स्वर
मेरी प्रिया ! मेरी प्रिया !! मेरी प्रिया !!!

रनवन तरुलतिकासँगै मच्चिएर
आउँछौ कि ? भनी
बतास वयेलीमा मुस्कुराउँछु
मेरो तन्द्रा भंग गर्छौ, झस्काइदिन्छौ
अनि भन्छौ मेरी प्रिया ! मेरी प्रिया !! मेरी प्रिया !!!

कोइलीको मधुर स्वरमा आवाज बनी
आउँछौ कि ? भनी
मायाको जाल बुन्दै गरेकी मलाई
झस्काई दिन्छौ छताछुल्ल पारी दिन्छौ
अनि भन्छौ मेरी प्रिया ! मेरी प्रिया !! मेरी प्रिया !!

बायुपंखी घोंडामा राजकुमार सरी उडी उडी
आउँछौ कि ? भनी
प्रितीको रस्सी बाट्दै घोत्लिएकी मलाई
भताभुङ्ग पारि दिन्छौ,विह्वल बनाईदिन्छौ
मेरी प्रिया !मेरी प्रिया !!मेरी प्रिया !!!

सिर्सिरे बताससँगै वयेली खेल्दै
आउँछौ कि ? भनी
धानका बालासँगै लहरिएर बसेकी मलाई
सुसेलीले मुटु चस्काई दिन्छौ
अनि भन्छौ मेरी प्रिया ! मेरी प्रिया !! मेरी प्रिया !!!

वरपीपलको चौतारीमा कुरिरहन्छु
गोरेटोसँगै फर्किने आशामा
एकदिन त अवश्य फर्की आउनु आउनु नै छ
म तिम्रै प्रिया ! म तिम्रै प्रिया !! म तिम्रै प्रिया !!!

 

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । नेपाली मौलिक भिडियो शेयरिङ एप थोप्ला सार्वजनिक भएको छ । चर्चित भिडियो शेयरिङ एप टिकटककै स्वरुप रहेको थोप्ला…

पुरानो आर्थिक व्यवहार मिल्नेछ । सामाजिक काममा प्रगति मिल्नेछ ।

उत्तरविहीन प्रश्नको भारीले थिचिरहँदा बिसाउने चौतारी कहाँ भेटूँ म ?

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…