Logo जेठ ३, २०७८ सोमबार


पहिलाे पटक कसरी चोरी भएको थियो विमानस्थलबाटै प्लेन ?

काठमाडौं । विमानस्थलमा कसैको सामान चोरी हुनु, हराउनु वा छुट्नु सामान्य हो । तर कहिलेकाँही विमानस्थलबाटै प्लेन चोरी भएको घटना सुनिन्छ । विमानस्थलबाटै प्लेन चोरी कसरी सम्भव छ ? यो सबैलाई अनौठो लाग्ने कुरा हो । तर यो सम्भव छ र विश्वमा यस्ता घटना घटेका पनि छन् ।

सन् २००३ मा इतिहासमै पहिलो पटक विमानस्थलबाटै प्लेन चोरी भएको थियो । विमानस्थलमा पार्किङ गरेर राखिएको बोइङ ७२७ जहाज चोरी भएको हो । जुन अहिलेसम्म पनि के भयो भन्ने कुरा पत्ता लाग्न सकेको छैन ।

सन् १९७५ मा अमेरिकन एयरलाइन्स बोइङ ७२७ बनाइएको थियो । २५ वर्ष अमेरिकाले प्रयोग गरेपछि यसलाई अंगोलियाले खरिद गरेको थियो । पुरानो भइसकेको यो जहाज अंगोलियाले यात्रु बोक्नका लागि नभएर इन्धन बोक्न प्रयोग गर्यो । रोडबाट इन्धन नपुग्ने ठाउँमा जाहाजले इन्धन पुर्याउने काम गर्थे । पछि नाजुक अवस्थामा पुगिसकेको यस जहाजलाई विमानस्थलमै पार्किङ गरेर राख्न थालिएको थियो ।

कसरी भयाे चाेरी ?

क्वाट्रो एयरपोर्टमा पार्किङ गरेर राखिएको यो जहाज १५ महिनापछि एयरपोर्टबाटै चोरी भयो । सन् २००३ मे २५ का दिन साँझ ५ बजे दुई जना मानिस प्लेनमा चढे । एक जना अमेरिकाका पाइलट थिए भने अर्को जना फ्लाइट इन्जिनियर थिए । उनीहरु प्लेन चलाउन योग्य थिएनन् त्यहि पनि बोइङ ७२७ चलाउन तीन जना पाइलटको आवश्यकता पथ्र्यो ।

उनीहरुले लाइट अन नगरि प्लेनको इन्जिन अन गरे । एयर ट्राफिक कन्ट्रोलरले कुन प्लेनको इन्जिन चल्दैछ भन्ने कुरा शुरुमा थाहा पाएनन् । एटिसिले बोइङ ७२७ को इन्जिन चलेको थाहा पाउँदासम्म जहाज रनवेतर्फ लागिसकेको थियो ।

उनीहरुले पाइलटसँग सम्पर्क बढाउन खोजेपनि सकेनन् । प्लेनलाई टेकअफ गर्न स्वीकृति दिइएको थिएन् तर प्लेन धवनमार्गमा गुड्न थाल्यो र टेकअफ गर्यो र साउथ वेस्टतर्फ अघि बढ्यो । हेर्दाहेर्दै प्लेन एटिसि र स्ट्याटलाइटबाट समेत सम्पर्कविहीन भयो । जहाज पत्ता लगाउन अनेक माध्यमबाट अनेक उपाय लगाए पनि आजसम्म यो जहाज कहाँ पुग्यो, कहाँ के भयो भन्ने कुरा पत्ता लाग्न सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…