Logo बैशाख २, २०७८ बिहीबार


आन्दोलनमा मारिएकी १९ वर्षे एञ्जलको अन्तिम फेसबुक पाेष्ट

एजेन्सी । गत माघ १९ गते म्यानमा सेनाले ‘सैनिक कू’ गरी सत्ता कब्जा गर्यो । त्यसयता म्यानमारका नागरिकले निरन्तर सैनिक कू विरुद्ध प्रदर्शन गरिरहेका छन् । यहाँ बुधबार एकै दिन ३८ सहित हालसम्म सेनको गोली लागेर ५४ जना भन्दा बढी प्रदर्शनकारीले ज्यान गुमाइसकेका छन् । शान्तिपूर्ण प्रदर्शन गरिरहेका नागरिकमाथि सेनाले क्रूर व्यवहार गरिरहेको छ । कूयता संसद् सदस्य र प्रदर्शनकारी सहित एक हजार सात सय भन्दा धेरै मानिस गिरफ्तार गरिएको समेत गरिएको छ ।

सैनिक कू विरुद्ध आन्दोलनमा मारिएका ५४ जना मध्ये एक १९ वर्षीया शाहसी युवती पनि परेकी छन् । मृत युवती एन्जलको ‘सबै कुरा ठिक हुनेछ’ लेखिएको तस्बीर यतिबेला सामाजिक सञ्जालमा व्यापक भएको छ भने उनलाई ठूलो मात्रामा श्रद्धाञ्जली समेत दिएको देख्न सकिन्छ ।

आन्दोलनमा गएपछि मर्न पनि सकिन्छ भन्ने एन्जललाई पक्का थियो । त्यसैले उनले आन्दोलनमा जानुअघि आफ्नो मृत्युपश्चात अंगदान गरिदिन आग्रह गर्दै फेसबुकमा स्टाटस राखेकी थिइन् । उनको यो स्टाटसले पनि धेरैको मन छोएको छ ।

आन्दोलन चलिरहँदा पनि सेनाको गोलीबाट अरुलाई बचाउन र सुरक्षा दिन उनी खटिएको उनीसँगै रहेक उनका एक मित्रले बताएका छन् । सेनाले फ्यालेको अश्रुश्याँसको पिरोबाट आन्दोलनकारीलाई बचाउन र सेनाको गोलीबाट उनीहरुलाई जोगाउन पनि उनले निकै प्रयास गरेकी थिइन् तर अन्तिममा एन्जल आफैँले सेनाको गोली खाइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…