Logo बैशाख ३१, २०७८ शुक्रबार


शान्ति समाजको केन्द्रीय सभापतिमा गोविन्द खनाल

काठमाडौं । शान्ति समाजको केन्द्रीय सभापतिमा गोविन्द खनाल चयन हुनुभएको छ । मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यसमितिको सभापतिमा रुपन्देहीका गोविन्द खनाल निर्विरोध निर्वाचित हुनुभएको हो ।

शान्ति समाजको फागुन २१ र २२ गते पोखरामा सम्पन्न २३ औँ राष्ट्रिय परिषद् बैठकका दौरान सम्पन्न केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको निर्वाचनमा वरिष्ठ उपसभापतिमा दाङका सुशील बस्नेत, उपसभापति महिलातर्फ रत्नलक्ष्मी श्रेष्ठ, उपसभापतिमा पाल्पाका कृष्णबहादुर रावल निर्वाचित हुनुभएको छ ।

त्यसैगरी महासचिवमा रामकृष्ण बराल, कोषाध्यक्षमा जगन्नाथ पुडासैनी, प्रदेश १ सचिवमा विकास थापा, प्रदेश २ सचिवमा अमरबहादुर गौतम, वाग्मती प्रदेश सचिवमा बाबुहरी आचार्य, गण्डकी प्रदेश सचिवमा धिरज थापा, लुम्बिनि प्रदेश सचिवमा मिना ढकाल, कर्णाली प्रदेश सचिवमा पुष्पा मल्ल, सुदुरपश्चिम प्रदेश सचिवमा मदनबहादुर कुँवर, सचिव आदिवासी/जनजाती रामप्रसाद जोशी, सचिव मधेशीमा बन्दना सिहं, सचिव दलितमा निर्मल नेपाली, सचिव महिलातर्फ नम्रता खरेल निर्विरोध निर्वाचित हुनुभएको छ ।

यसैगरी चार जना महिला सदस्यमा निर्मला सुवेदी, सरस्वती नेपाली, सुमित्रा बञ्जरा र सरस्वती ढकाल र सदस्य खुलातर्फ ६ पदका लागि लक्ष्मीनारायण मिश्र, चन्द्रमणी बञ्जारा, माधवप्रसाद गौतम, विष्णु भुसाल, सन्तोष रौनियार, दिलबहादुर कार्की निर्विरोध निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…