Logo बैशाख ३१, २०७८ शुक्रबार


समाजवाद : कसरी र कहिले ?

नेपालको लगायत आजका धेरै संसदीय व्यवस्थाहरु आधारभूत रुपले पुँजीवादको सेवामा छन् । तर, संसदीय व्यवस्थाको सारभूत चरित्र यस्तो भएका कारण यसो भएको होइन । यसो हुनुको कारण के हो भने हाल पुँजीपति वर्ग हरेक हिसाबले वलियो छ र यसले समाज र राज्यलाई आफ्नो अधिनस्त राख्न सफल भएको छ । यसले पार्टी सञ्चालन, पार्टी नेता छनोट, उमेद्वार छनोट, निर्वाचन आदिमा निर्णायक भूमिका खेल्दछ ।

–डा खगेन्द्र प्रसाई

१. परिचय

यस कार्यपत्रका दुई वटा उद्देश्य छन् । पहिलो, “समाजवाद कसरी ?” भन्ने प्रश्न अन्तर्गत संसदीय लोकतन्त्र र समाजवादको सम्बन्धको चर्चा गरिने छ । दोस्रोमा, “समाजवाद कहिले ?” भन्ने प्रश्नअन्तर्गत सामाजवादी क्रान्तिको भौतिक अवस्थाका र सचेत प्रयत्न प्रयत्नको भूमिकाको बारेमा छलफल गरिने छ ।

२. संसदीय लोकतन्त्र र समाजवाद

समाजवाद र संसदीय लोकतन्त्रको सकारात्मक सम्बन्धका वारे दुईथरी सन्देह देखिन्छन् । पहिलो सन्देह वुर्जुवा कित्ताको हो । कतिपयलाई के लाग्छ भने संसदीय प्रणाली र कम्युनिस्ट सिद्वान्तबीच पानी बाराबारको सम्बन्ध छ र यिनीहरू एकअर्काका ‘एन्टी–थेसिस’ हुन् किनकि हिजोको सोभियत युनियन, चीन, उत्तर कोरिया, क्युवा, भियतनाम आदिमा यस्ता अभ्यास भएका हुन् र छन् । त्यस्तै, कम्यनिष्ट विश्वदृष्टिकोण र लोकतन्त्रमा अन्तरनिहित तत्व एकअर्काका परस्पर विरोधी रहिआएको दावी पनि गर्ने गरिएको छ । तर, यस्ता दावीलाई इतिहासका तथ्यहरूले सहजै खारेज गर्दछन् । जस्तै, सन् १९१९ मा जर्जीयामा मेन्सेभिक पार्टी संसदमा ८१५ भन्दा बढी मत ल्याएर सरकारको नेतृत्वमा पुगेको थियो र असाधारण रुपले लोकप्रिय र प्रभावकारी कार्यक्रम सफलताका साथ कार्यान्वयन गरिरहेको थियो । यूरोपको सानो देश सान मारिनोमा संसदीय प्रणालीअन्तर्गत सन् १९४५ देखि १९५७ सम्म कम्युनिस्ट र समाजवादीहरूको गठबन्धले शासन गरेको थियो । दास्रो विश्वयुद्धपछि त संसारका कतिपय देशहरूमा संसदीय प्रणालीअन्तर्गत कम्युनिस्ट या वाम गठबन्धनहरू सरकारमा पुगेका थिए । १९७० मा यूरोकम्यूनिज्मका नाममा यूरोपका कतिपय देशका संसदमा कम्युनिस्ट पार्टीको उपस्थिति देखिएको थियो । त्यसो भए संसदीय प्रणाली र कम्युनिस्ट पार्टी कसरी एक अर्काका परस्पर विरोधी कुरा भए त ?

लेनिन र स्टालिनको कालमा सशस्त्र संघर्षलाई क्रान्तिको विधि नमान्ने पार्टीलाई कम्युनिस्ट पार्टी मानिँदैन्थ्यो । त्यस्तो पार्टीलाई प्रतिकृयावादी र संशोधनवादी मानिन्थ्यो । यो कम्युनिस्ट अन्तर्राष्ट्रियतावादको सिद्वान्त नै थियो । कुनै देशको कम्युनिस्ट पार्टीका लागि शक्तिशाली हुँदै गरेको कम्युनिस्ट राष्ट्रले स्थापित गरेको सिद्वान्त नमान्नु स्वयम मुलधारको कम्युनिस्ट आन्दोलनबाट एक्लिनु र सम्भावित अवसर गुमाउनु नै थियो ।

तर कतिपय देश र कालमा कम्युनिस्ट पार्टीले संसदीय प्रणालीसँग एन्टी थेसिस को सम्बन्ध राखेको भने साँचो हो । किन यस्तो भयो त रु यो चाहिँ महत्वपूर्ण प्रश्न हो । यसका अनेक कारण होलान् तर म दुई प्रमुख कारणहरूको यहाँ चर्चा गर्न चाहन्छु । पहिलो कारण आधारभूत रुपले बाह्य थियो । लेनिन र स्टालिनको कालमा सशस्त्र संघर्षलाई क्रान्तिको विधि नमान्ने पार्टीलाई कम्युनिस्ट पार्टी मानिदैन्थ्यो । त्यस्तो पार्टीलाई प्रतिकृयावादी र संशोधनवादी मानिन्थ्यो । यो कम्युनिस्ट अन्तर्राष्ट्रियतावादको सिद्वान्त नै थियो । कुनै देशको कम्युनिस्ट पार्टीका लागि शक्तिशाली हुँदै गरेको कम्युनिस्ट राष्ट्रले स्थापित गरेको सिद्वान्त नमान्नु स्वयम मुलधारको कम्युनिस्ट आन्दोलनबाट एक्लिनु र सम्भावित अवसर गुमाउनु नै थियो । अर्कोतर्फ दोस्रो विश्वयुद्वपछि कम्युनिस्ट र वाम पार्टीलाई पूँजीवादी साम्राज्यवादी शक्तिले संसदीय अभ्यासबाट हिंसात्मक तरीकाले लखेटेएको थियो । संसदीय व्यवस्थाअन्तर्गत बनेका कम्युनिस्ट, वाम या प्रगतिशील सरकारहरूलाई सैनिक कुमार्फत हटाई तिनका ठाँउमा खुनी तानाशाही शासन खडा गरिएका घटना ग्वाटेमालामा १९५४, व्राजिल १९६४, इन्डोनेशियनमा १९६५, चिलीमा १९७३ र अरु अनेक छन् । यी घटना भोगेका र देखेका कम्युनिस्ट पार्टीहरूले संसदीय प्रणालीलाई क्रान्तिको लागि उपयुक्त नभएको निष्कर्ष निकाल्नु अनौठो थिएन र होइन पनि ।

सशस्त्र विद्रोहबाट बनेका कम्युनिस्ट सत्तामा वहुदलीय प्रणाली नअट्ने कुरा साँचो हो । तर लोकतन्त्रमा कम्युनिस्ट पार्टीको सत्ता समेत स्वीकार्य हुन्छ भन्ने कुरा भने सधै साद्दचो थिएन र होइन । संयुक्त राज्य अमेरिकामा सन् १९५४ मा कम्युनिस्ट नियन्त्रण ऐन अन्तर्गत कम्युनिस्ट पार्टी र त्यसका कृयाकलापलाई गैरकानूनी घोषणा गरियो । अमेरिकाको सहनयता र नेतृत्वमा कतिपय देशहरूमा लोकतान्त्रिक विधिबाट वनेका कम्युनिस्ट, वामपन्थी र सामान्य सुधारवादी सरकारहरू खुनी कु गरी हटाइए ।

के पनि तर्क गर्ने गरिएको छ भने कम्युनिस्ट प्रणालीमा लोकतन्त्र अट्दैन तर लोकतन्त्रमा कम्युनिस्ट पार्टीको सत्तासमेत स्वीकार्य छ । हो, सशस्त्र विद्रोहबाट बनेका कम्युनिस्ट सत्तामा वहुदलीय प्रणाली नअट्ने कुरा साँचो हो । तर लोकतन्त्रमा कम्युनिस्ट पार्टीको सत्ता समेत स्वीकार्य हुन्छ भन्ने कुरा भने सधै साद्दचो थिएन र होइन । संयुक्त राज्य अमेरिकामा सन् १९५४ मा कम्युनिस्ट नियन्त्रण ऐन अन्तर्गत कम्युनिस्ट पार्टी र त्यसका कृयाकलापलाई गैरकानूनी घोषणा गरियो । अमेरिकाको सहायता र नेतृत्वमा कतिपय देशहरूमा लोकतान्त्रिक विधिवाट वनेका कम्युनिस्ट, वामपन्थी र सामान्य सुधारवादी सरकारहरू खुनी कु गरी हटाइए । छिमेकी भारतको केरेला राज्यमा सन् १९५९ मा कम्युनिस्ट सरकारलाई नेहरूको केन्द्रीय सरकारले वरखास्त गर्यो । भेनेजुएलाको २००२ को समाजवादी हुगो चाभेजको सरकार विरुद्धको कु त ताजा घटना नै भयो । त्यसकारण के भन्न सकिन्छ भने इतिहासमा कम्युनिष्टले मात्र संसदीय व्यवस्थालाई निषेध गरेको होइन संसदीय व्यवस्थामा पनि कम्युनिष्ट निषेधित भएका हुन् । तर, वास्तवामा यो निषेधात्मक सम्वन्ध समाजवाद र ससदीय व्यवस्थाको नभई समाजवाद र पूँजीवाद (जसले कतिपय अवस्थामा संसदीय व्यवस्थालाई प्रयोग गरेको थियो) का बीचको हो ।

अर्को सन्देह भने आधारभूत रुपले आफूलाई क्रान्तिकारी दावी गर्ने कम्युनिष्ट कित्तामा नै भेटिन्छ । उनीहरुको निष्कर्ष छ स् ससदीय व्यवस्था पुँजीवादी प्रतिकृयावादी या बुर्जुवा व्यवस्था होे । यो दावीमा दुईवटा गम्भीर कमजोरी छन् एक, यसले संसदीय व्यवस्थाको चरित्र र विकासको ऐतिहासिकतालाई बुझ्न सकेको छैन । मार्क्स लगायत त्यो बेलाका कतिपय समाजवादीहरुले तत्कालीन संसदीय व्यवस्थालाई वुर्जुवा प्रजातन्त्र भनेर आलोचना गरे । स्वाभावैले चुन्ने र चुनिने अधिकार व्यक्तिको सम्पत्तिमा आधारित हुने र मजदुरका संगठन तथा पार्टी गैरकानूनी भएको अवस्थामा ती व्यवस्थाको आधारभूत चरित्र वुर्जुवा नै थियो । तर त्यसपछिका स्वयं मजदरहरूका संघर्षहरूबाट प्राप्त आम मताधिकारमा आधारित निर्वाचन प्रणाली र मजदुरका राजनीतिक पार्टी वैध भइसकेको अवस्थामा संसदीय प्रणालीको राजनीतिक चरित्र वुर्जुवा नभई वर्गीय हिसावले तटस्थ हुन गयो । यो यस्तो अवस्था हो जसअन्तर्गत शान्तिपूर्ण प्रतिस्पर्धामार्फत मजदुर वर्गले सरकारको नेतृत्व र सञ्चालन गर्न सक्छ । यो गुणात्मक रुपले नै भिन्न अवस्था हो । यो नयाँ अवस्थालाई पुरानै देखिरहनु गैरऐतिहासिक दृष्टिकोण हो । इतिहासमा आफ्नै संघर्षका उपलव्धि र अवसरलाई त्यसको ऐतिहासिक सीमाभित्र स्वीकार नगर्ने प्रवृत्ति व्यापक र बलियो थियो र छ । यस्तो प्रवृत्तिले कुनै परिर्वतनले एकैपटक जनवाद या समाजवाद ल्याउनु पर्थ्यो भन्ने आग्रह राख्दछ र कुनै ऐतिहासिक घटना र प्रणालीलाई यसकारण प्रतिकृयावादी भनिदिन्छ कि यसले तत्काल श्रमजीवी जनताका सवै माग पुरा गरेन या गर्दैन । एकातर्फ यस्तो गैर–ऐतिहासिक दृष्टिकोण राखिरहने, अर्को तर्फ आफ्नो राजनीतिक मार्गदर्शन ऐतिहासिक भौतिकवाद भएको दावी गर्ने प्रवृत्तिबीच अन्तरविरोध छ ।

नेपालको लगायत आजका धेरै संसदीय व्यवस्थाहरु आधारभूत रुपले पुँजीवादको सेवामा छन् । तर, संसदीय व्यवस्थाको सारभूत चरित्र यस्तो भएका कारण यसो भएको होइन । यसो हुनुको कारण के हो भने हाल पुँजीपति वर्ग हरेक हिसाबले वलियो छ र यसले समाज र राज्यलाई आफ्नो अधिनस्त राख्न सफल भएको छ । यसले पार्टी सञ्चालन, पार्टी नेता छनोट, उमेद्वार छनोट, निर्वाचन आदिमा निर्णायक भूमिका खेल्दछ ।

दोस्रो कमजोरी संसदीय व्यवस्थाई स्वयम्मै पुँजीवादी व्यवस्थाको पर्याय वनाउने कुरासंग सम्बन्धित छ । यो सत्य हो कि नेपालको लगायत आजका धेरै संसदीय व्यवस्थाहरु आधारभूत रुपले पुँजीवादको सेवामा छन् । तर, संसदीय व्यवस्थाको सारभूत चरित्र यस्तो भएका कारण यसो भएको होइन । यसो हुनुको कारण के हो भने हाल पुँजीपति वर्ग हरेक हिसावले बलियो छ र यसले समाज र राज्यलाई आफ्नो अधिनस्त राख्न सफल भएको छ । यसले पार्टी संचालन, पार्टी नेता छनोट, उमेद्वार छनोट, निर्वाचन आदिमा निर्णायक भुमिका खेल्दछ । यो पुँजीवादी युग हो, त्यसकारण संसद पुँजीपतिहरुको संस्था बन्न पुगेको हो ।

तर, यो आज जसरी पुँजीको पक्षमा छ, भोलि त्यसरी नै श्रमको पक्षमा पनि हुन सक्छ । पुँजीमा संकट आई श्रमजीवी वर्गका लागि अनुकूल अवस्था सृजना भएएपछि संसदीय प्रणाली श्रमजीवीहरुको हुनेछ । त्यसकारण समाजवादीहरुको कार्यभार संसदीय लोकतन्त्रलाई निषेध गर्ने नभई यसको लोकतान्त्रिक चरित्रको विकास गर्दै यसलाई समाजवादी क्रान्तिको साधन र अंग बनाउने हो ।

यस सन्दर्भमा रोजाको विचार मननीय र उपयोगी छ । १९१८ को सोभियत क्रान्तिसम्वन्धी आफ्नो चर्चित रचना या पम्प्लेटमा लेनिन र त्रोत्स्कीको सर्वहारा अधिनायकत्व र लोकतन्त्रसम्वन्धी मान्यतको खण्डन गर्दै लोकतान्त्रिक विधिमार्फत मात्रै सर्वहारा वर्ग आफ्नो वर्ग अधिनायकत्वका लागि तयार हुने जीकिर गरेकी थिइन् । साँचै भन्ने हो भने लोकतान्त्रिक विधिवाट मात्रै सर्वहारा वर्ग समाजवादको कर्ता बन्न सक्छ । यस अर्थमा संसदीय प्रणाली या लोकतन्त्र समाजवाद स्वयंको अभिन्न अंग वन्छ । तर, समाजवादले हाल प्राप्त भएको लोकतान्त्रिक प्रणाली, जसमा लोकतन्त्र अधिक रुपले आवधिक र औपचारिक छ, लाई विकसित गर्दै लोकतन्त्रलाई तमाम सामाजिक तथा आर्थिक जीवनमा फैलावट गर्छ र मानिसको आम जीवनपद्धति वनाइदिनुपर्छ । यसैलाई मार्क्सवादी आन्दोलनमा लामो समयसम्म सामाजिक जनवाद भनिन्थ्यो जसको आग्रह हो : लोकतन्त्र अब औपचारिक राजनीतिक मात्र नभई मान्छेको आम सामाजिक जीवन र कृयाकलाप वन्नुपर्छ । साँच्चै भन्ने हो भने मार्क्सले भने जस्तो सर्वहारा आफैमा एउटा वर्ग (class-in-itself) वाट आफ्ना लागि एउटा वर्ग (class-in-itself) मा आन्तरिक लोकतन्त्रलाई अभ्यास गर्दै र वुर्जवा वर्गसँग प्रतिस्पर्धा गरेर नै बन्न सक्छ ।

मार्क्सवादी आन्दोलनमा लामो समयसम्म सामाजिक जनवाद भनिन्थ्यो जसको आग्रह हो स् लोकतन्त्र अब औपचारिक राजनीतिक मात्र नभई मान्छेको आम सामाजिक जीवन र कृयाकलाप वन्नुपर्छ । साँच्चै भन्ने हो भने मार्क्सले भने जस्तो सर्वहारा आफैमा एउटा वर्ग (class-in-itself) वाट आफ्ना लागि एउटा वर्ग (class-for-itself)  मा आन्तरिक लोकतन्त्रलाई अभ्यास गर्दै र वुर्जवा वर्गसंग प्रतिस्पर्धा गरेर नै वन्न सक्छ ।

३. समाजवादी क्रान्तिको भौतिक अवस्था र सचेत प्रयत्नको भूमिका

मार्क्सवादी कित्तामा हरेक कुराको भौतिक आधार हुन्छ र हुनुपर्छ भन्ने मतमा विवाद छैन । इतिहास निर्माणका बारे मार्क्स स्वयं यो सामान्यकृत मत राख्छन् कि मानिसहरूले आफ्नो इतिहास आफै बनाउँछन् तर उनीहरूले आफूले चाहे जसरी आफैंले छानेका अवस्थामा होइन । यो नियम समाजवाद निर्माणको हकमा पनि लागु हुन्छ नै । ऐतिहासिक भौतिकवादको सामान्यकृत नियम अनुसार आफूभित्र उत्पादक शक्तिको विकासको ठाउँ रहुन्जेल कुनै पनि सामाजिक व्यवस्था ढल्दैन, पुँजीवाद पनि ढल्दैन । पुँजीवाद ढल्ने विन्दुमा या संकटमा नपुगी समाजवादको आधार तयार हुंदैन । पुँजीवादमा संकट तब आउँछ जव पुँजीको निरन्तर पुनरउत्पादन हुने या उत्पादक शक्तिको निरन्तर विकास हुने भौतिक अवस्थाको अन्त भएको हुन्छ । त्यस्तै जर्मनविचारधारामा मार्क्स एंगेल्सले समाजमा एकातर्फ सामाजिक बैभवको बृद्धि र अर्को तर्फ मानिसको ठूलो संख्या सम्पति विहिन र दरिद्र हुने अवस्था आएपछि मात्र समाजवादी क्रान्तिको आधार तयार हुने जीकिर गरेका थिए । पूँजीमा पनि मार्क्सले समाजवादका लागि पुँजीवादमा संकट आउनु अनिवार्य शर्त हुने चर्चा गरेका छन् । त्यस्तै, रोजाले श्रमिक वर्ग स्वतस्फूर्त संघर्षमा आउने अवस्था निर्माण भएको अवस्था समाजवादी क्रान्तिको लागि महत्वपूर्ण रुपले आवश्यक भएको तर्क गरेकी छन् । उनको विचारमा इतिहासको वस्तुगत प्रकृया त्यसमा भाग लिन मानिसको विषयगत अवस्थाभन्दा पहिला आउँछ । अर्को शब्दमा भन्नु पर्दा क्रान्तिकारी अवस्थाले मात्र क्रान्तिकारी चेतनाको आधार बनाउँछ ।

जर्मनविचारधारामा मार्क्स एंगेल्सले समाजमा एकातर्फ सामाजिक बैभवको बृद्धि र अर्को तर्फ मानिसको ठूलो संख्या सम्पति विहिन र दरिद्र हुने अवस्था आएपछि मात्र समाजवादी क्रान्तिको आधार तयार हुने जीकिर गरेका थिए । पूँजीमा पनि मार्क्सले समाजवादका लागि पुँजीवादमा संकट आउनु अनिवार्य शर्त हुने चर्चा गरेका छन् । त्यस्तै, रोजाले श्रमिक वर्ग स्वत स्फूर्त संघर्षमा आउने अवस्था निर्माण भएको अवस्था समाजवादी क्रान्तिको लागि महत्वपुर्ण रुपले आवश्यक भएको तर्क गरेकी छन् ।

संकट या क्रान्तिको भौतिक अवस्थाको सिद्धान्त नियम नेपालको हकमा लागु गर्दा के देखिन्छ भने हाल प्रभुत्व या शासनमा रहेको वित्तीय या अनुत्पादक पुँजीले आफूलाई निरन्तर विकास र विस्तार गर्न सकिरहुन्जेल यसले उत्पादक पुँजीको विकासको ठाउँलाई संकुचित गरिरहन्छ । उत्पादक पुँजीको विकास समाजवादमा संक्रमणका लागि अनिवार्य मानिएको अवस्थामा वित्तीय पुँजीको हालको सफलता समाजवाद उन्मुखताका लागि निर्णायक रूपले प्रतिकूल भइरहने छ ।

तर पुँजीवादको संकटबाट समाजवाद स्वतः आउदैन । समाजवाद कुनै एजेन्सी या कर्ताका सचेत र यो७शधवसजनावद्ध प्रयत्नवाट मात्र ल्याइन सक्छ । यस्तो एजेन्सी समाजका ती वर्ग या वर्गहरूले बन्दछ जो पुँजीवादका पीडित समुह हुन् र जसले समाजवादमा मात्रै आफ्नो निजी तथा सामुहिक हित देख्दछन् । यी वर्गहरूले आफूलाई आफ्नो वहुसंख्या र चेतनाका आधारमा संगठित गर्नुपर्छ । नेपालको सन्दर्भमा हेर्दा, त्यस्ता वर्गहरू छन् ? ती वर्गहरू संगठित छन् ? ती वर्गहरू सचेत छन् ?

तर कतिपयले समाजवादको सफलतालाई नेतृत्वको क्षमता, इमान र प्रतिवद्धतासँग जोडेर हेर्छन् । यसो गर्दा उनीहरु के बिर्सिरहेका हुन्छन भने : यस्तो नेतृत्व निर्माण हुन र टिकिरहन कस्तो भौतिक परिस्थिति या प्रकृयामा मात्र सम्भव हुन्छ ?

त्यस्तै, कतिपय साथीहरुको स्वाभाविक प्रश्न छ : के समाजवादी क्रान्ति यान्त्रिक रुपले निर्धारित भएको हुन्छ ? के क्रान्तिमा सचेत प्रयत्नको निर्णायक भूमिका हुँदैन ?

काल्पनिक समाजवादका अनेक प्रयोग किन असफल भए त ? सोभियत अभ्यास नै किन लेनिनहरुले भने जसरी अगाडि वढेन ? चीनमा समाजवाद किन माओले सोचे जसरी निर्माण भएन रु नेपालमा समाजवादी आन्दोलन किन नाजुक अवस्थामा छ ?

एैतिहासिक भौतिकवादी दृष्टिले हेर्दा मानव इतिहासमा चेतनाको भूमिका हुन्छ तर भौतिक अवस्थाभित्र मात्र या भौतिक अवस्थाले दिएका अवसर र सिमाको परिधिभित्र मात्र । वैज्ञानिक समाजवादलाई काल्पनिक समाजवादबाट छुट्याउने एउटा चुरो कुरा यही नै हो । काल्पनिक समाजवादका अनेक प्रयोग किन असफल भए त ? सोभियत अभ्यास नै किन लेनिनहरुले भने जसरी अगाडि वढेन रु चीनमा समाजवाद किन माओले सोचे जसरी निर्माण भएन रु नेपालमा समाजवादी आन्दोलन किन नाजुक अवस्थामा छ रु यी केही व्यक्तिहरुका कारण भएका हुन कि भौतिक अवस्थासँग सम्बन्धित छन् रु मार्क्स र एंगेल्सकै विश्लेषणमा काल्पनिक समाजवादको प्रयोगको असफलता इतिहासको भौतिक प्रक्रियासंग सम्बन्धित थियो ।

क्रान्तिमा सचेत प्रयत्नको भूमिका हुन्छ । तर, सचेत प्रयत्न स्वयंको भौतिक आधार हुनु पर्छ कि पर्दैन ? सचेत प्रयत्न केही थोरै मानिसहरुले मात्र गर्दा हुन्छ कि श्रमजीवीहरुको ठूलो हिस्साले गर्नुपर्छ ? केही मानिसका विचार र तिनमा आधारित प्रयत्नले इतिहासको दिशा र गतिको निर्धारण गर्छ या गर्न सक्छ भन्ने मत भौतिकवादी हुन्छ कि विचारवादी ?  यस्ता प्रयत्न मार्क्स स्वयमले किन गरेनन् ? या उनका पालमा किन सफलताका साथ भएन ? अनि अक्टोवर क्रान्ति किन बीस या दस या पाँच वर्ष अघि भएन ? त्यसको सचेत प्रयत्न किन भएन ?

मार्क्स भन्छन् : सर्वहाराले बौद्धिक हतियार दर्शनमा र दर्शनले भौतिक हतियार सर्वहारामा प्राप्त गर्छ । यदि यो मान्ने हो भने क्रान्तिकारी दर्शनका लागि सर्वहाराको उपस्थिति आवश्यक हुने भयो । यसका लागि यो वर्ग जन्माउने भौतिक अवस्था । अझ सत्य के हो भने क्रान्तिकारी दर्शन नै क्रान्तिकारी अवस्थामा मात्रै जन्मन्छ र विकसित हुन्छ ।

रोजाका अनुसार सचेतभन्दा पहिला असचेत आउँछ । अर्थात विषयतगता वस्तुगतताका पछि मात्र आउछ । उनका विचारमा इतिहासको वस्तुगत प्रकृया त्यसमा भाग लिन मानिसको विषयगत अवस्था भन्दा पहिला आउँछ ।

रोजाका अनुसार सचेतभन्दा पहिला असचेत आउँछ । अर्थात विषयगतता वस्तुगतताका पछि मात्र आउँछ । उनका विचारमा इतिहासको वस्तुगत प्रकृया त्यसमा भाग लिन मानिसको विषयगत अवस्थाभन्दा पहिला आउँछ । समाजवाद वर्गसंघर्षमा सर्वहाराको विजयबाट आँउछ भनेर मान्दा सचेत प्रयत्नको भूमिका निसन्देह मानिएको हुन्छ किनकि संघर्ष स्वयंमा सचेत प्रयत्न हो । तर वर्गसंघर्ष हुन र सफल हुन श्रमजीवी वर्ग ठूलो संख्यामा हुन आवश्यक हुँदैन र ? श्रमजीवी वर्ग ठूलो संख्या खास किसिम र चरणको भौतिक अवस्थामामात्र अस्तित्वमा आउने होइन र ?

यो भन्दा अझ गहिरिएर हेर्ने हो भने के भन्न सकिन्छ भने वास्तवमा हाम्रो सामाजिक जीवनमा वस्तुगत पक्ष र विषयगत पक्ष छुट्याउनै नसकिने गरी एक भएका हुन्छन् । आम रुपमा उत्पादक शक्ति, साधन, अवस्था आदिलाई भौतिक मानिने गरिन्छ । ठीकै पनि हो । तर, कुनै भौतिक वस्तु उत्पादक शक्ति, साधन, अवस्था तब मात्र बन्दछ जव त्यसमा चेतनाले आफ्नो भुमिका निभाइरहेको हुन्छ । जस्तो, जमिन उत्पादक शक्ति तब बन्छ, जब मान्छेले त्यसलाई उत्पादक शक्तिको रुपमा प्रयोग गर्छ । त्यसकारण सामाजिक जीवनमा आएको कुनैपनि भौतिक वस्तुमा चेतना अनिवार्य रुपले अन्तरनिहित भइसकेको हुन्छ । त्यसो भएपछि, समाजको भौतिक अवस्था र चेतनाको अलग अलग अस्तित्व र सकृयता हुँदैन । चेतना तब सकृय हुन्छ जव यसले भौतिक अवस्था भेट्दछ, भौतिक अवस्था तब बन्दछ जव चेतनाले काम गरिरहेको हुन्छ ।

यस हिसावले सचेत प्रयत्न तब सम्भव हुन्छ जव खास भौतिक परिस्थिति विद्यमान हुन्छ । त्यो खास भौतिक परिस्थितिमा चेतना स्वयम् अंगको रुपमा विद्यमान हुन्छ । त्यही चेतनाको जगमामात्र सचेत प्रयत्नको सम्भावना हुन्छ । सचेत प्रयत्न भौतिक परिस्थितिबाट अलग हुँदैन ।

(‘फाउण्डेसन फर क्रिटिकल डिस्कोर्स नेपाल’ले रोजा लक्जेमवर्गको १५० औं जन्मजयन्तीको अवसरमा फागुन २२ गते आयोजना गरेको ‘संसद, लोकतन्त्र र समाजवाद’ शीर्षकको सार्वजनिक छलफल कार्यक्रममा प्रस्तुत कार्यपत्र)

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…