Logo बैशाख ५, २०७८ आइतबार


यस्तो छ आइतबार बस्ने प्रतिनिधि सभा बैठकको कार्यसूची

काठमाडौं । सर्वोच्च अदालतले पुन:स्थापित गरेपछिको प्रतिनिधि सभाको पहिलो बैठक भोलि बस्दै छ । गत पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारीसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्नुभएको थियो ।

करिब दुई महिनाको बहसपछि अदालतले गत फागुन ११ गते प्रतिनिधि सभा पुन:स्थापना गर्ने निर्णय गरेको थियो । पुन:स्थापनासहित अदालतले १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउन सरकारलाई आदेश समेत दिएको थियो । अदालतको आदेश अनुसार राष्ट्रपतिले फागुन २३ गते आइतबार (भोलि) का लागि बैठक बोलाउनुभएको छ ।

भोलीको बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा र मन्त्रिपरिषद् गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुनेछ । त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले ‘संवैधानिक परिषद (काम, कर्तव्य र अधिकार कार्यविधि) सम्बन्धी (पहिलो संसोधन) अध्यादेश, २०७७’ पेश गर्ने कार्यक्रम रहेको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी र संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठले विभिन्न अध्यादेश पेश गर्ने कार्यक्रम रहेको छ । र सभामुखले सदस्यहरुको निधनमा शोक प्रस्ताव प्रस्तुत गरेपछि बैठक सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वर्तमान सरकारमा सहभागि हुने या नयाँ गठबन्धन निर्माण गरी अघि बढ्ने भन्ने दोधारमा रहेको जनता समाजवादी पार्टी (जसपा)…

हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीको अबस्था रहेको महाशाखाको भनाइ छ।

बोली वचनले साथ दिनेछ। आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमालेकै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसमूहले पार्टी पुनर्गठन गरेको…

३ वटा सुरुङहरु निर्माण गर्नुपर्ने भएकाले नेपालको सन्दर्भमा नयाँ काम चुनौतिपूर्ण छ ।

तनहूँ जिल्लाको नाम तनहूँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ ।