Logo बैशाख २९, २०७८ बुधबार


म्यानमारकी १९ वर्षीया सहिद एञ्जललाई खुलापत्र

१९ वर्षको उमेरमा मुक्ति मोर्चामा प्राण त्याग्दै गर्दा तिमीले बोल्दै गरेको, तिमीले छोडी गएको छापहरुले म मा रहेको बिद्रोही चेतना फेरि छचल्किने गरी हल्लिएको छ । म मरेर गए मेरा काम लाग्ने अंगहरु निकालेर अरुलाई प्रत्यारोपन गर्नु–बचाउनु तिम्रा यी चेतना सामु मेरो बग्दै गरेको आँशुहरुले तिमीलाई सम्झिरहेछ । हिजोसम्म को थिए म जान्दिन थिएँ तर आज तिमी मेरो आइडल भएकी छ्यौ ।

म्यान्मार
तिम्रो आन्तरिक मामिलामा म बोल्न चाहान्न तर तिम्रो भुमिले एक हिरा गुमायौ । याद गर्नु यस्ता देशप्रेमी दायित्वबोध नागरिक एक जुगमा एक जना जन्मिन्छ र विश्वलाई म छु भनी चिनाउँदै जान्छ ।

सत्तामा रहेका सेनाहरु
तिमीहरुको दमनले निम्त्याएको यत्रो अपराधलाई मानव अधिकारबादीले पक्कै हेर्छ नै । लाखौँ जनताको मर्म विपरित तिमी चलिरहँदा तिम्रो अन्त्य देखिरहेको छु । विश्व क्रुर शासकिय इतिहासमा निरंकुश शासन नटिकिएको कयौँ इतिहास हामीले देखेको छौँ । देखिरहेको छौँ ।

जब जनता जाग्छ शासकको पतन अवश्य हुन्छ । हामी जरुर उपस्थिति जनाएर संगै लड्न नसकुँला तर हाम्रो साथ सदैब रहन्छ । हामी पनि नश्लिय सत्ताबाट दमित छौँ । दमनको पीडा कस्तो हुन्छ मनैबाट महसुस गरेको छु । त्यही भएर आज यी बहिनीको बिद्रोहले छोयो । जरुर रगत र भुगोलले दुर रहे नि पीडाहरु एकै छ ।

 

सम्पूर्ण म्यानमारबासी
बिद्रोहको हर कदममा उपस्थित जनाउन नसके नि मनैदेखि समर्थन छ । छिट्टै जितको कामना छ । हार्दिक स्रदान्जली बहिनी

वाङ्जु वाइवाको फेसबुक पेजबाट

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…