Logo बैशाख ३१, २०७८ शुक्रबार


संसद बैठक: नेकपाका दुवै पक्ष सत्तापक्षकै बेन्चमा बस्ने

काठमाडौं । अनौपचारीक रुपमा विभाजन भएपनि निर्वाचन आयोगले आधिकारिकताको फैसला नगरेर एकै पार्टीका रुपमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुलाई संसद बैठकमा सत्तापक्षकै बेन्चमा राखिने भएको छ ।

नेकपा दुई चिरामा विभाजित भए पनि संसदमा भने प्रचण्ड–नेपाल र ओली पक्षका सांसदलाई सत्तापक्षकै बेन्चमा राखिने भएको हो । संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार कानुनी रूपमा दल विभाजन नभइसकेका कारण सबै सांसद सत्तापक्षकै बेन्चमा बस्नेछन् ।

‘तीनवटा सेट (सत्तापक्ष, प्रतिपक्षी र मन्त्री) छुट्याइएको हुन्छ । नेकपाका सबै सांसद सत्तापक्षको बेन्चमा बस्नुहुन्छ’ डा. पाण्डेले जानकारी दिनुभयो । दल विवादका कारण फरक–फरक ठाउँमा बस्ने भन्ने नहुने र बस्ने ठाउँमा कुनै समस्या नहुने उहाँको भनाइ छ ।

राष्ट्रिय सभाको बैठकमा पनि एकै ठाउँमा बस्ने व्यवस्था गरिएको बताउँदै उहाँले भन्नुभयो, ‘राष्ट्रिय सभाको बैठकमा पनि नेकपाका सबै सांसदलाई सत्तापक्षकै लाइनमा राखिएको थियो ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…