Logo बैशाख ३१, २०७८ शुक्रबार


प्रिमियर लिग: लेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा लेस्टर सिटी दोस्रो स्थानमा उक्लिएको छ । अवे मैदानमा भएको खेलमा ब्राइटनलाई लेस्टर सिटीले २–१ ले पराजित गरेको हो ।

खेलमा लेस्टरका लागि इहिनाचो र अमार्त्यले गोल गरे । ब्राइटनका लागि लालनाले एक गोल गरेका हुन् । १० औं मिनेटमा लालनाको गोलबाट ब्राइटनले सुरुवाति अग्रता लियो । ६२ औं मिनेटमा इहिनाचोले लेस्टर सिटीका लागि बराबरी गोल गरे । ८७ औं मिनेटमा अमार्त्यले गोल गरेपछि लेस्टर विजयी भयो ।

जितपछि दोस्रो स्थानमा उक्लिएको लेस्टरको २८ खेलबाट ५३ अंक भएको छ । एक खेल कम खेलेको शीर्षस्थानको म्यानचेस्टर सिटीको ६५ तथा तेस्रो स्थानमा झरेको म्यानचेस्टर युनाइटेडको ५१ अंक छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…