Logo बैशाख ३१, २०७८ शुक्रबार


ललितपुर महानगरलाई टेर्दैनन् ठूला करदाता

काठमाडौं । ललितपुर महानगरपालिकाको जग्गा भाडामा लिएर पेसा, व्यवसाय सञ्चालन गर्दै आएका दर्जनभन्दा बढी ठूला करदाताले अझै कर बुझाएका छैनन् । पटक–पटक कर तिर्ने वातावरण बनाइदिँदा पनि ठूला करदातालाई करको दायरामा ल्याउन महानगरलाई हम्मेहम्मे परेको हो।

ठूला करदातालाई करको दायरामा ल्याउन महानगरले राजस्व अनुगमन समिति बनाएको थियो । तर, अहिलेसम्म पनि ठूला करदाता करको दायरामा नआउँदा समिति नै मिलेमतोमा लागेको हो कि भन्ने आशंका उब्जिएको छ। तर, समिति संयोजक रवीन्द्र महर्जन भने करदाताहरू कर तिर्न आउन थालेको बताउँछन् । ‘बिस्तारै–बिस्तारै करदाताहरू करको दायरामा आउन थाल्नुभएको छ । तर, ठूला करदातालाई करको दायरामा ल्याउन अलि गाह्रो भइरहेको छ’ महर्जनले भने ।

महानगरले ठूला करदातालाई कर तिर्न सहज वातावरण बनाउन भन्दै ‘कर वर्ष, २०७४’ घोषणा गरेको थियो । आर्थिक वर्ष ०७४-०७५ भरि नै मालपोत, घरजग्गा तथा व्यवसाय करमा भारी छुटको व्यवस्था गरेको थियो । सोहीअनुसार मालपोत, घरजग्गा तथा व्यवसाय करको जम्मा बक्यौता रकममा १० प्रतिशत छुट गरिएको र विगतका वर्षको बाँकी बक्यौतामा नियमानुसार लाग्ने जरिवाना शतप्रतिशत छुट व्यवस्था गरेको थियो ।

छुट घोषणा गरेको तीन वर्ष पूरा हुँदा पनि अझै करको दायरामा ल्याउन सकिएकाे छैन । जसकारण महानगरले करबापतको करोडौँको नोक्सानी व्यहोर्नुपरेको छ । महानगरपालिकाका अनुसार ठूला करदाताबाट २१ करोड रुपैयाँभन्दा बढी उठाउन बाँकी छ । मल, विद्यालय, क्याम्पस, डिपार्टमेन्ट स्टोर, सरकारी कार्यालय, विभिन्न संघसंस्थाले महानगरलाई ३० लाखदेखि १० करोड रुपैयाँसम्म कर बुझाउन बाँकी छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…