Logo बैशाख २९, २०७८ बुधबार


नेतृत्वमा महिला

— रम्भा पौडेल

आज आठ मार्च ।

आज हामी १११औ अन्तारराष्ट्रिय श्रमिक महिला दिवस मनाइरहेका छाैं । प्रत्येक वर्ष नयाँ सोच र परिर्वतनका साथ सयुक्त राष्ट्रसंघले महिला दिवसलाई विशेष रुपमा मनाउने गरेको छ । यो वर्षको नारा नेतृत्वमा महिला भन्ने रहेको छ ।

न्यूनतम आधारभूत आवश्यकता रोटीको मागबाट शुरु भएको महिला आन्दोलनले शिक्षा, स्वास्थ, रोजगारी, आर्थिक, सामाजिक, राजनितिक, समानता र पहुँच र सबै तहमा महिलाको नेतृत्व सम्मको अधिकार स्थापित गर्नमा यो दिनले विशेष महत्व राख्दछ । आठ मार्चकै दिन आन्दोलन गरिएका र यसैदिन अधिकारहरु पनि स्थापित गरिएकोले यो दिन आज विश्वभरि नै मनाउने गरिन्छ । जर्मन समाजवादी नेतृ क्लाराजेटकिन नै समाजवादी महिला आन्दोलनकी अग्रणी हुन् ।

नेतृत्वमा महिला बिश्वका बिभिन्न देशमा छिटफुट रुपमा देखिए पनि त्यसले महिलाको आम रुपमा परिर्वतन ल्याउन भने सकेन । अहिले पनि राज्यको नेतृत्वमा विभिन्न देशमा महिला छन् । नेपालदेखि अमेरिका जस्तो पूँजीवादी देशमा पनि महिला नेतृत्वमा आएका छन् । नेपाल,लिथुवानिया,न्युजिल्याण्ड, चिली, बंगलादेश, बर्मा लगायतका देशहरुमा महिला नै राज्यको नेतृत्वमा रहेका छन् । नेपालकी विद्यादेवी भण्डारी,बर्माकी आङसाङसुकी, अमरिकाकी कमला ह्यारिस, भारतकी इन्दिरा गान्धीदेखि बेलायतकी मार्गरेट थ्याचरसम्मका महिला नेतृत्वले संघर्षको लामो इतिहास पार गरेर मात्रै राज्यको नेतृत्व सम्हाल्न पुुगेका हुन् । हाल विश्वभर १९५ देश रहेका छन् । सन १९५० देखि हाल सम्म फरक फरक देश र समयमा विश्वका ७५ देशहरुमा राज्य प्रमुखको जिम्मेवारी सम्हाली सकेको भएता पनि हाल विश्वका २९ देशमा मात्र महिलाले मुल नेतृत्व समालेको अवस्था छ ।
नेतृत्वमा महिला नै किन ?

पितृसत्ताको जाँतोमा लामो समयसम्म महिलाहरु थिचिएकै कारण उनीहरुलाई बाहिर आउन निकै लामो सघर्ष गर्नुपरेको यथार्थ हामी सामू छदैछ । शिक्षा रोजगारी हुदै राजनीतिमा बल्ल महिलाहरु सशक्त ढंगले बाहिर आउन थालेका छन् । महिला र पुरुषबीचको लंैगिक समानता महिलाको अधिकार मात्र नभई यो समाजको दिगो विकासको आधारशीला हो । लैंगिक समानता देशको समृद्धि, शान्ति र दिगो विकासको प्रमुख आधार पनि हो । त्यसैले महिला तथा छोरीहरुमा गरिएको लगानीले राज्यका विभिन्न स्तरमा दिगो प्रभाव पार्दछ । त्यति मात्र नभई देशको आधा भन्दा बढी हिस्सा जनसंख्या महिला नै भएकोले त्यो जनशक्तिलाई अब विकास निर्माणको नेतृत्व तहमा पुर्याउन अति आवश्यक छ ।

हाम्रो देशका सबै महिलाले घरपरिवार धान्ने, बालबच्चा हुर्काउने, पढाउने उनीहरुलाई सहिदिशा निर्देश गर्नै, सिंगो परिवारलाई एकताबद्ध गराउने जस्ता जिम्मेबारी कुशलतापूर्वक सम्हालिरहेका छन । आर्थिक ,सामाजिक, शैक्षिक क्षेत्रमा आफ्नाे जिम्मेवारी बढाईसकेका ,परिवार ,समाज देश र राजनिति बुझेको महिलाले अव राज्यका हरेक तहमा आफनो नेतृत्व कुशलतापूर्वक नै सम्हाल्न सक्नेछन् ।

पुरुषहरुको कार्यकारी नेतृत्व नेपाली जनताले हेरेर अघाइसकेको अवस्था अहिले छ । राजाको नेतृत्व पनि हेरेर अघाइसके । सबका शासनमा भ्रष्टहरु नै मौलाए । यिनीहरुको सञ्जालबाट नेपाली सत्यवादी जनता वाक्क भैसकेका छन् । त्यसैले अब जनताले महिलाको नेतृत्व खोजेको छ । त्यो नेतृत्व थापना र सिग्नेचर मात्र नभई कार्यकारी अधिकार सहितको हुनुपर्दछ । स्वतन्त्र निर्णयको अधिकार सहितको हुनुपर्दछ । अबको महिला नेतृत्व पुरुष एसमेनको आधार नभै आफनै बलबुतामा निर्भर नेतृत्व हुनुपर्दछ ।

नेपालको राज्यको शासनब्यबस्थामा नेपाली जनताले काँग्रेसको बहुमत पनि हेरे कम्युनिष्टको बहुमत पनि हेरे अनि मिलिजुली नेतृत्व पनि हेरिसके । कतैबाट पनि जनता सन्तुुष्ट हुन सकेनन् र विकास निर्माणले फड्को मार्न पनि सकेन । जनताको निम्नतम् आधारभूत आवश्यकता पनि पूरा हुन सकेनन् । त्यसैले अबको नेतृत्व महिलामा भन्ने नारा अगाडि लैजान ढिला भैसकेको छ ।

महिलामा जसरी आफनो परिवार छोराछोरीको माया छ, त्यसरी नै उनीहरुमा राज्यको पनि माया छ । उनीहरु स्रोत साधनलाई संरक्षण गदैै कुशलातापुर्वक चलाउने क्षमता पनि छ । महिलामा कोमलता जति छ त्यत्ति नै कठोर बन्ने क्षमता पनि छ ।

विश्व अब महिलाको नेतृत्वबाट अगाडि बढदै छ । यही कुरालाई आवश्यक ठानेर नै सयुक्त राष्ट्रसंघले यो वर्षको नारी दिवसलाई नेतृत्वमा महिला भन्ने मूल नाराका साथ मनाइरहेको छ । नारा यो राख्नुको अर्थ महिलालाई त्यो ठाउमा पुरयाउन सहयोग गर्नुृ र योग्य बनाउनुुपनि हो । अवका दिनमा दुुईचार महिला मात्र राज्यका प्रमुख स्थानमा नभएर राज्यका हरेक निकायमा उनीहरुलाई नेतृत्व दिनुआवश्यक छ ।

कोरोनालाई जित्दै श्रममा जुटौं

यो वर्ष कोरोना भाइरसको वर्ष भन्दा पनि हुन्छ । यो वर्ष धेरै महिलाहरु कोरोनाको महामारीमा अग्रपंत्तिमा उभिएर आफनो भुमिका निभाउनुभएको छ । धेरै दिदीबैनीहरुले कोरोनाकै कारण ज्यान गुमाउनुभएको छ । कतिले कोरोना रोगीको उपचारमा अग्रपंतिमा उभिएर बिरामीहरुको सेवामा जुटनुुभयो । विशेष त महिला डाक्टर, नर्स तथा सहयोगी भुमिकामा काम गर्ने र गृिहणीको भुमिका निभाउनुहुने सबै महिला दिदीबहिनीमा हार्दिक सलाम ।

बाहिर निस्कौं

चाहे डाक्टर, चाहे नर्स चाहे, शिक्षक वा कर्मचारी वा गृहिणी । हामी श्रमजीवी हौं । कसैको बौद्धिक श्रम छ त कसैको शारीरिक । अझै पनि घरका सबै परिवारलाई खाना खुवाएर अन्त्यमा खाना खाने महिलाहरु नै गरिबी र भोकमरीको चपेटामा छन् । गरिबी भोकमरी र दासत्वबाट माथि उठदै आफ्नो जीवनलाई सार्थक बनाउन घरबाट बाहिर निस्कौं ।
सबै श्रमजीवी आमा दिदीबहिनीमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको हार्दिक शुभकामना ।

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…