Logo बैशाख २८, २०७८ मंगलबार


आठ मार्चको सान्दर्भिकता

-बन्दना पोखरेल

८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउन थालेको एक शताब्दीभन्दा धेरै समय बितिसकेको छ । बीसौं शताब्दीको पहिलो दशकमा सक्रिय समाजवादी आन्दोलनले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवधारणा जन्माएको थियो । महिलाहरूको सामाजिक योगदानप्रति सम्मान गर्न र कामदार महिलाका मागलाई लिएर थालनी भएका आन्दोलनलाई अझ उचाइमा पु¥याउन समाजवादी नेतृ तथा जर्मनी सामाजिक प्रजातान्त्रिक पार्टीको महिला विभागकी प्रमुख क्लारा जेटकिनले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने प्रस्ताव गरेकी थिइन् । जेटकिनले आफूलाई कहिल्यै पनि महिलावादी भनिनन् । तर, एकजना समाजवादीको नाताले उनले यो दिवसलाई पुँजीवादविरोधी सङ्घर्षका रूपमा अघि सारिन् । श्रमिक महिला दिवसको अवसर पारेर मजदुर सङ्गठनभित्र महिलाहरू, महिला सङ्गठनहरू र समाजवादी पार्टीहरूबीच एकता र सहकार्य विस्तार गर्न सकिने र त्यही शक्तिले प्रगतिशील समाज निर्माणका लागि वर्ग सङ्घर्षलाई अघि बढाउन सकिने तत्कालीन नेतृत्वको विश्वास थियो । यहि विश्वासमा सुरु भएको हो महिला आन्दोलन ।

सन् १९१० मा डेनमार्कको कोपनहेगनमा भएको श्रमिक महिलाहरूको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनले श्रमिक महिला दिवस मनाउने प्रस्ताव एक मतले पारित गर्यो । तर सो सम्मेलनबाट कुन दिन मनाउने भनी दिन भने किटान गरेको थिएन । कोपनहेगन सम्मेलनमा १७ देशका एक सयभन्दा बढी महिला प्रतिनिधिहरूले सहभागिता जनाएका थिए । उनीहरू विभिन्न मजदुर सङ्गठन, समाजवादी पार्टी, श्रमिक महिला क्लबको प्रतिनिधित्व गर्दै सम्मेलनमा सहभागी बनेका थिए । साथै श्रमिक महिला सम्मेलनमा फिनल्यान्डको संसदमा पहिलो पटक निर्वाचित बनेका तीन जना महिलाहरू पनि सहभागी थिए ।

अमेरिकामा सन् १९०८ को ८ मार्चमा समाजवादी महिला र कपडा कारखानामा काम गर्ने महिला मजदुरले आठ घण्टा दिनको काम गर्ने माग गर्दै ठूलो प्रदर्शन र सभा आयोजना गरे । उनीहरूले महिलामाथिको दासताको पनि विरोध गरे । सन् १९११ मा युरोपका विभिन्न देशमा पहिलो पटक अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको एक साता पनि नबित्दै मार्च २५ मा अमेरिकाको न्युयोर्क सहरमा ‘त्र्याङ्गल सर्टबेस्ट कारखाना’मा आगलागी हुँदा १४० भन्दा बढी महिला मजदुरको मृत्यु भयो । तीमध्ये अधिकांश महिला केही समयअघि मात्र अमेरिकामा आएका आप्रवासी महिला मजदुर थिए । सो घटनाले अमेरिका र अन्य विकसित देशमा महिला मजदुरको काम गर्ने भयावह अवस्था अझ प्रकाशमा ल्याइदियो । त्यसपछिका वर्षमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा उठेका मागको सान्दर्भिकता अझै उकासियो ।

महिलाले काम गर्न पाउने अधिकार, समान ज्याला, मताधिकार, सार्वजनिक पद धारण गर्न पाउने अधिकार र सबैथरीका पक्षपात अन्त्य गर्न चालिएको सुरुको कदम थियो यो । त्यतिबेला उठेका माग आजको महिला आन्दोलनमा पनि त्यतिकै प्रतिध्वनित भइरहेको छ । आजका महिलाहरू पनि माग गरिरहेका छन् : साम्राज्यवादी युद्ध अन्त्य गर, महिला र केटाकेटीलाई उत्तम सामाजिक र आर्थिक बन्दोबस्त गर्दै समान अवसरको प्रत्याभुति गर भन्दै आईरहेका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ८ मार्चकै दिन किन मनाइन थाल्यो भन्ने प्रश्नको उत्तर संसारकै महिला आन्दोलनको निम्ति ठूलो महत्त्वको विषय हो । सन् १९१७ को जारकालीन रुसमा रुसी महिलाहरूले ‘रोटी र शान्ति’को माग गर्दै हड्तालमा उत्रे । साम्राज्यवादी र उपनिवेशवादी देशहरूबीच भएको पहिलो विश्वयुद्धका कारण बीसौं लाख रुसी सेनाले ज्यान गुमाइसकेका थिए । रुस अभाव र अशान्तिको चपेटामा परेका थिए । महिला र केटाकेटी युद्ध र अभावको समस्यामा नराम्ररी फसेका थिए । त्यसको विरोधमा महिलाहरू सङ्घर्षमा उत्रेका थिए त्यो दिन ८ मार्चको दिन थियो । राज्यले महिलाहरूको सो आन्दोलनमाथि दमन ग¥यो । आन्दोलनकारी महिलाहरूले हजारौँ अन्य समस्याको सामना गर्नुपर्यो । तर हडताल रोकिएन । वास्तवमा रुसी क्रान्तिको निम्ति महिलाहरूको त्यो आन्दोलन जग बन्यो । चार दिनमै महिला आन्दोलनसामु झुक्न बाध्य भयो । अन्तरिम सरकारले महिलालाई मताधिकार दिने घोषणा गर्नुपर्यो । त्यतिबेलादेखि ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउन थालिएको हो । लैङ्गिक समानताका लागि दबाब दिन मात्र नभई महिलाहरू सङ्गठित हुँदा उत्सर्जन हुने शक्तिको सम्मानमा पनि सो दिवस मनाउन थालिएको हो ।

कलकारखानाको विकासका कारण श्रमिकको माग बढ्दै जाँदा महिला पनि घरबाहिरको उत्पादनमा भाग लिन थाले । तर, उनीहरूलाई दिइने तलब कम र कामको समय अनिश्चित थियो । कम पारिश्रमिक र लामो समय काम गर्नु पर्ने , महिलाजन्य आवश्यकता (जस्तो महिनावारी, बिरामी र सुत्केरी अवस्था) मा बेवास्तालगायतका व्यवहारले महिलामा असन्तुष्टि बढ्दै जान थाल्यो । हुन त आजको परिवेशमा पनि कतिपय संघ सस्थांले महिला सुत्केरि हुदाँ राज्यले उपलव्ध गराएको विदा समेत नदिएको पाईन्छ । नखाउ भने दिन भरको सिकार खाउँ भने के भन्ने उखान जस्तै अहिले पनि प्राईभेट सस्था का मालिकहरुको व्यावहार रहेको छ । यसका निम्ति आवज उठाउनुपर्ने आजको आश्यकता हो ।

श्रमिक वर्ग शक्तिशाली नभएको सामाजिक र आर्थिक व्यवस्थाभित्र महिलाको मुक्ति सम्भव छैन अथवा महिला शक्तिशाली नभएको सामाजिक र आर्थिक व्यवस्थाभित्र श्रमिक मुक्ति हुन सम्भव छैन भन्ने विचार बोकेका मजदुर सङ्गठन र श्रमिक महिलाहरुले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने गरेका छन् । संसारका श्रमिक जनताको सङ्घर्ष र आन्दोलनमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको भूमिका वास्तवमा निकै महत्त्वपूर्ण रहँदै आएको छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा प्रायशः लगाइने नारा भनेको ‘वर्ग सङ्घर्ष नै महिला सङ्घर्ष हो– महिला सङ्घर्ष नै वर्ग सङ्घर्ष हो ।’ त्यसैकारण श्रमिक वर्ग शक्तिशाली नभएको सामाजिक परिवेशमा समान ज्यालाको माग राखेर आन्दोलन गरेको शताब्दी नाघ्दा पनि कतिपय स्थानमा महिला भएकै कारण ज्यालामा विभेद त छँदैछ, महिलामाथि हुने हिंसा कायमै छ। विभीन्न रुप लिएर महिलामाथि बिभेद आज पनि कम हुन सकेको छैन ।

विचार, ज्ञान, ध्यान होस् या भौतिक वस्तु होस्, सबैथोक बेचेर शक्तिशाली हुने यो युगमा पुँजीवादले अनेक नाममा महिलालाई शोषण गरिरहेकै छ । पुँजीवादी उत्पादन प्रणालीले महिलालाई चुलाचौका, खेतबारी र घाँसस्याउलाबाट आज बजारमा ल्याएर उपयोग गरिरहेकै छ । जसको उदाहरण समाजिक रुपमा प्रसस्त भेटिन्छ ।

विश्व महिला आन्दोलनको सुरु भएको तीन दशकपछि नेपालमा पनि महिलाविरुद्ध भएका तथा समाजका अन्य विभेदविरुद्ध आन्दोलन सूरु भयो जसको कारण तत्कालिन योगमाया न्यौपाने र उनका ६ दर्जन समर्थकले नदीमा हेलिएर ज्यान फाले । राणा शासनकालमा नेपाली महिलाले गरेको त्यो स्तरको सचेत विद्रोह सम्भवतः विश्वकै नमुना थियो।

तर महिला विद्रोह र आन्दोलनका यति लामो इतिहासको गौरव बोकेर पनि हाम्रो समाज अझै महिला हिंसाका डरलाग्दा खबर पढ्न विवश छ। बोक्सीको आरोप, बिहेमा पर्याप्त दाइजो नल्याएको निहुँ, प्रेम र विवाह प्रस्ताव स्वीकार नगरेका नाममा, छाउपडि , धर्म र सस्कारका नाममा महिलामाथि अकल्पनीय हिंसा हुने गरेका छन्। त्यसो त स्वास्थ्यकर्मी र औषधि अभावमा दुर्गमका कतिपय सुत्केरीको अकालमा ज्यान जाने गरेको छ। साना नानीमाथि गरिने यौनहिंसा, बलात्कार र गर्भमा छोरी पहिचान भएकै कारण तिनको हत्या हुने प्रचलन कहालीलाग्दो छ। यि र यस्ता समाजिक अपराध सस्कारका रुपमा विकास भएको छ । छोरि जन्मिएकै कारण महिलालाई घरबाट निकाल्ने खान लाउन नदिने जस्ता थुप्रै विभेद जारी छन् ।

यसका गम्भीर सामाजिक कारण छन् र तिनको पहिचान नगरी विभेदको अन्त्य हुन सक्दैन। महिलामाथिको विभेदका कारण हजारौं वर्षदेखिको सामन्ती सत्ता हो। यस्तो सत्ताले सामाजिक, धार्मिक र राज्यसत्ताको नेतृत्व महिलालाई सुम्पन चाहेन । केही पूर्वीय पुराण धर्म र सस्कारमा नारीहरूले केन्द्रीय चरित्रका रूपमा माता र्दुगा भवानि सरास्वती लक्ष्मि कालिको रुपमा पुजिय पनि आजका दिनमा समेत महिलाको भूमिका सन्तानोत्पादन र घरभान्छामा बढी छ । उनले गर्ने बालबच्चा पोषण, शिक्षादीक्षामा सहयोग र घरधन्दाका सबै कामलाई अनुत्पादकका रूपमा व्याख्या गरिने गरिन्छ। जबकि महिलाको अभावमा सोही कामका लागि एउटा घरले ठूलो रकम खर्चनुपर्ने हुन्छ। घरको काम गर्ने व्याक्तिलाइ कति दिनु र्पला हिसाव गर्ने कसैले गर्दैन र त्यसलाई कर्तव्यको रुपमा व्याख्या गरीएको छ ।

लैंगिक आधारमा मान्छेबीच हुने विभेदविरुद्ध थालिएको यो अभियानले आजसम्म आइपुग्दा संसारलाई महिलामैत्री बनाउन धेरै काम गरेको छ। तर धर्म, सम्प्रदाय, मूल्य र मान्यताका नाममा सदियौंदेखि लादिएका कतिपय विचार र सोचका कारण यति धेरै संघर्ष र अभियान चलाइँदा पनि महिलाप्रतिको विभेद जारी छ।

जहाँ शोषण हुुन्छ, त्यहाँ संघर्ष हुन्छ, जहाँ दमन हुन्छ, त्यहाँ विद्रोह हुन्छ’ भनेझैँ पितृसत्तात्मक विभेदविरुद्ध महिलाहरू इतिहासदेखि नै संघर्ष गर्दै आएका छन् । यो संघर्षमा पुरुषहरू पनि सहयोगी बने । विज्ञानले महिला र पुरुषबीच कुनै पनि खालको भौतिक–मानसिक फरक नभएको पुष्टि गरिसक्दा र महिलाले पटकपटक विभिन्न क्षेत्रमा उदाहरणीय बनेर आफूलाई पुष्टि गरिसक्दा पनि महिलामाथिको निरन्तर विभेद संसारकै लागि लाजको विषय हो । शक्ति र सम्पत्तिले आधुनिक समाजमा सिर्जना गरेको विभेद त विश्वव्यापी छँदैछ, तर संसारलाई आँखा देखाउने मातृशक्तिप्रतिको विभेद निर्मूृल पार्न सक्नुपर्छ। लैंगिक समताको विषय महिलाको मात्रै होइन, सबै जागरुक मान्छेको साझा विषय हो। महिलामाथिको विभेद पुरुषका लागि पनि लज्जाको विषय हुँदै हो। विभेद अन्त्यका लागि महिलाको मात्रै होइन, पुरुषको भूमिका पनि यो दिवस मनाउन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…

प्रयोगशालाका लागि आवश्यक सामग्रीको अभावमा अस्पतालले परीक्षण रोकेको अस्पताल प्रशासन स्रोतले जानकारी दिएकाे छ ।

 बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजना बाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ । साथै अबको निषेधाज्ञा  थप कडा…

सहभागी प्रशिक्षार्थीहरुमा डेनमार्क, बेल्जियम, स्पेन, स्वीडेनलगायतका युरोपेली मुलुकमा रोजगारी तथा अध्ययनमा रहेका १८ युवा रहेको क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरका…