Logo बैशाख ३१, २०७८ शुक्रबार


बेल र केनको गोलसँगै टोटनहमको शानदार जित

एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा टोटेनहमले क्रिस्टल प्यालेसलाई ४-१ गोलअन्तरले पारजित गरेको छ । घरेलु टिम टोटेनहमले आइतबार राति भएको खेलमा क्रिस्टल प्यालेसलाई फराकिलो अन्तरले पराजित गरेको हो ।

टोटेनहमको जितमा ग्यारिथ बेल र ह्यारी केनले समान २-२ गोल गरे। खेलको २५ औं मिनेटमा केनको पासमा गोल गर्दै बेलले घरेलु टोलीलाई अग्रता दिलाए पनि पहिलो हाफको अतिरिक्त समयमा प्यालेसका क्रिस्टियन बेन्टेकेले गोल फर्काउँदा पहिलो हाफमा खेल १-१ को बराबरीमा रोकियो।

त्यस्तै दोस्रो हाफमा बेलले नै फेरि अग्रता दिलाए। उनले खेलको ४९ मिनेटमा केनकै पासमा गोल गर्दै अग्रता दिलाए। त्यस्तै ५२ औं मिनेटमा केनले गोल थपे। त्यस्तै ७६ औं मिनेटमा पनि केनले सन ह्युङ मिनको पासमा गोल गर्दा टोटेनहमले ४-१ गोलअन्तरले जित निकालेकाे हाे ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…