Logo बैशाख १, २०७८ बुधबार


वास्तविक क्रान्तिका लागि विशाल शक्ति बनेर रोष प्रकट गरौँ 

शिला सिंह
विश्व अर्थतन्त्र प्रणालीमा सन् २००८ देखि गहिरिँदै गएको आर्थिक संकट र त्यसमाथि कोभिड–१९ ले थपेको वैचारिक, सामाजिक, आर्थिक अन्तरद्वन्द्व हाल विश्वस्तर फाँसीवाद उन्मुख धार्मिक कट्टरता, अन्धराष्ट्रवाद र लोकतन्त्र विरोधि कार्य तीव्र गतिमा मौलाउँदै गरेको स्थिति छ भने, त्यसको प्रतिरोधमा आम अग्रगामी जनता संघर्षमा उत्रेको परिस्थिति छ । आज अत्यन्तै जटिल बन्दै गएका वातावरणीय संकट, शरणार्थी संकट, सम्भावित आणविक युद्ध, र पुलिसको दमनकारी भूमिका येही व्यवस्था अन्तर्गत रहेर हल हुने सम्भावना न्यून बन्दै गएको छ।

आज महिलाहरुले चाहेर, नचाहेर भन्दा पनि स्वतः स्फूर्त रुपमा अग्रपंक्तिमा रहेर संघर्ष गर्ने निश्चित छ । किनकी ६० को दशकमा समाजवादी क्रान्तिका लागि विश्वव्यापी संघर्ष व्यापक हुनु र त्यसको विरोधमा पुँजीवादी व्यवस्था टिकाइ राख्न गरेको प्रतिगमनको अन्तरविरोधबाट जन्मेको नयाँ परिस्थितिको उपज हाे। पुँजीवादी व्यवस्था टिकाउन नयाँ रुपावालीको प्रयोग अनिवार्य बन्यो, जस अनुरुप महिलालाई घरेलु श्रमबाट श्रम बजारमा धकेलियो। सामाजिक उत्पादन सम्बन्धमा प्रत्यक्ष जोडिनु र त्यो वस्तुगत परिस्थितिबाट महिलाको आत्मगत स्थितिमा परिवर्तन आउनु अनिवार्य थियो। तत्पश्चात महिलामा चेतनास्तरको वृद्ध साथसाथै  आफूहरु प्रति हुने हिंसा, अन्याय, अत्याचार, सोषण, दमनका जड श्रोत र त्ययको प्रतिरोध गर्ने विधि झनभन्दा झन् स्पष्ट रुपमा बुझ्न थाले ।

महिलाले आज यो पनि बुझेका छ्न्, उनीहरु विश्वको कुनै पनि भूगोलमा अवस्थित होस्, शाेषणमुक्त भने कदापी छैनन्। भिन्न भूगोलमा फरक उत्पादन सम्बन्धका कारण शाेषणका स्वरुप फरक भए तापनि, त्यसको मूल श्रोत भनेको एकै हो पितृसत्तात्मक अन्तरघुलित पुँजीवादी व्यवस्था नै हो भन्ने पनि महिलाहरुलाइ जानकारी छ।

पितृसत्तात्मक व्यवस्थाले महिला वर्ग, यौनिक अल्पसंख्यकलाई मात्र नभएर स्वयम पुरुषवर्गलाई पनि अन्याय गर्दछ । पुरुषहरु पनि जैविक प्राणि हुन्, उनीहरुमा पनि भावना हुन्छ र व्यक्त गर्न सक्छन्, तर आफू कमजोर देखिने डरले रोएर भावना व्यक्त गर्न सक्दैनन्। । विपन्न वर्गका पुरुषहरुमा थप चुनौति छ, यदि कुनै कारणबस् घरको जिम्मेवारी बहन गर्न नसके मूल्यहीन कमजाेर बन्ने मानसिक दबाब रहनेछ।सामान्य उपचार सम्भव यौन रोगको उपचार गराउन समेत हिच्किचाउनु पर्ने बाध्यता छ। के यो सब पितृसत्तात्मक सोचले हाेइन र ?

हाल दिन प्रतिदिन महिलाप्रति आक्रमणको बढोतरी हुँदै गएको छ । बलात्कार, हिंसा, हत्या, दाइजो प्रथा, घरेलु हिंसा, एसिड प्रहार आदि इत्यादी समाजमा सामान्यकृत बन्दै गएको छ । निर्मला काण्ड र हाल भागरथी प्रकरणका वास्तविक दोषीप्रति सरकार उदाशीन देखिनुले समाजमा हावी रहेको पितृसत्तात्मक सोच र त्यसको स्वयं राज्यव्यवस्थाले संरक्षित गरेको पुष्टि हुन्छ।

महिलामाथि आज थप जिम्मेवारी, आएको छ हामीले अन्याएमा परेका यौनिक अल्पसंख्यक, फरक सक्षम, दलित, अल्पसंख्यक जन जाति, विकट सिमान्तीकृत क्षेत्र, भाषिक अल्पसंख्यक, भिन्न धार्मिक आस्थाका अल्पसंख्यक, विपन्न वर्गका अवाज उठाएर, विभिधतामा एकता ल्याएर हाम्रो साझा दुश्मन पितृसत्तात्मक पुँजीवादी व्यवस्थाविरुद्ध लड्नु पर्छ।

महिलाहरुले गम्भीरतापूर्वक वैचारिक, राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रमा हस्तक्षेप बढाउनु अनिवार्य शर्त बनेको छ । महिला वर्गको मुक्ति मानव जातिको मुक्तिविना र मानव जातिको मुक्ति महिला वर्गको मुक्तिविना असम्भव छ। यो चुनौतिपूर्ण छ, निश्चित रुपमा कठिन पनि छ, तर हामी एकाकार भएर विज्ञानले पुष्टि गरेको तथ्यको आधारमा टेकेर नैतिकता बन्धक नराखी संघर्ष गरेमा मुक्ति हाम्रो सम्भव छ।
पितृसत्तात्मक पुँजीवाद सम्राज्यवाद मुर्दावाद !

अन्तर्रास्ट्रिय क्रान्तिकारी महिला दिवस जिन्दावाद !

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…