Logo बैशाख १, २०७८ बुधबार


पार्टी एकता जाेगाउन स्थायी कमिटीमा छलफल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकमा पुनः पार्टी एकता प्रयासका लागि छलफल भएको छ । पेरिसडाँडामा जारी दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकमा केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पार्टी एकता प्रयासका लागि छलफल भएको हो ।

बैठकमा भाग लिएर बाहिरिनुभएका स्थायी कमिटी सदस्य रघुजी पन्तले पार्टी एकताका लागि प्रयास जारी राख्नुपर्ने बताउनुभयो ।

सञ्चारकर्मीसँग कुरा गर्दै पन्तले भन्नुभयो, ‘फैसला बढी राजनीतिक भयो भन्ने मेरो निष्कर्ष हो । एकता आफैमा राम्रो थियो, एकता जोगाउन सकिने भए ओली र प्रचण्डले सम्भावना खोजी गर्नेबारे मैले धारण राखेँ ।’

पार्टी पूर्ववत् अवस्थामा फर्किनुभन्दा पनि एकता कायम राख्नुपर्छ भन्ने पन्तको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…