Logo बैशाख १, २०७८ बुधबार


जनता समाचारमा साेमवार प्रकाशित समाचार सार

जनतासमाचार डट्कममा साेमवार प्रकाशित समाचारका मुख्य अंशहरू :

१.नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकमा पुनः पार्टी एकता प्रयासका लागि छलफल भएको छ । पेरिसडाँडामा जारी दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकमा केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पार्टी एकता प्रयासका लागि छलफल भएको हो ।

 २.नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गर्ने सर्वोच्च अदालतको फैसलाको पुनरावलोकनमा जाने निष्कर्ष दाहाल–नेपाल समूहले निकालेको छ। सर्वोच्चको फैसलापछि कानुन व्यवसायीहरुसँगको परामर्शमा जुटेको दाहाल–नेपाल समूहले सर्वोच्चको फैसला पुनरावलोकनमा जानुको विकल्प नभएको निष्कर्ष निकालेको हो।

३. नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव) पहिलाे कार्यक्रममा देखिनुभएकाे छ । नेपाल सरकार र विप्लव बीच फागुन २१ गते तीन बुदे सहमतीपति पहिलाे पटक सार्वजनिक हुनुभएकाे विप्लव सार्वजनिक कार्यक्रममा पहिलाे पटक कपिलवस्तुमा देखिनुभएकाे हाे ।

४.वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले निजी वन सम्बन्धी कानुनलाई सरलीकृत गर्दै किसानमैत्री बनाउने बताउनुभएको छ। सोमबार पारिवारिक निजी वन संघ, नेपालको सातौँ स्थापना दिवसको अवसरमा बोल्दै वनमन्त्री आलेले निजी वनसँग सम्बन्धित कानुनी उल्झनका कारण किसानहरुले दुःख पाएको भन्दै निजी वन पैदावारको काठ कटान, ओसार पसार, बिक्री वितरण र उपयोग सम्बन्धी कानुनलाई सरलीकृत गर्दै किसानमैत्री बनाउने बताउनुभएको हो ।

५. जनता समाजवादी पार्टी (जसपा) ले संसदीय दलको बैठक बोलाएको छ । जसपाले पछिल्लो राजनीति अवस्थाका विषयमा छलफल गर्न मंगलबारका लागि संसदीय दलको बैठक बोलाएको हो । पछिल्लो राजनीतिक अवस्था र संसदमा निर्वाह गर्ने भूमिकाका विषयमा छलफल गर्न बैठक बोलाएको नेता उमाशंकर अरगरियाले जानकारी दिनुभयो ।

६.जब राजनीतिक दलमा नैतिकताको खडेरी पर्छ, तब राजनीति कमजोर हुन्छ । जब राजनीति कमजोर हुन्छ, तब गैर राजनीतिक संस्थाहरु हावी हुन थाल्छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नाम विवादसम्बन्धी सर्वोच्च अदालतको फैसलाले यही प्रमाणित गरेको छ । राजनीतिमाथि अदालतले अत्यन्त नराम्रो खेल खेलेको छ भन्ने स्पष्ट देखिएको छ । यो फैसलाले बहुदलीय राजनीतिक प्रणालीलाई प्रकारान्तरले नकारेको छ । यसले राजनीतिक दलहरूको अस्तित्वलाई घुमाउरो पारामा इन्कार गरेको छ ।

७.विश्व अर्थतन्त्र प्रणालीमा सन् २००८ देखि गहिरिँदै गएको आर्थिक संकट र त्यसमाथि कोभिड–१९ ले थपेको वैचारिक, सामाजिक, आर्थिक अन्तरद्वन्द्व हाल विश्वस्तर फाँसीवाद उन्मुख धार्मिक कट्टरता, अन्धराष्ट्रवाद र लोकतन्त्र विरोधि कार्य तीव्र गतिमा मौलाउँदै गरेको स्थिति छ भने, त्यसको प्रतिरोधमा आम अग्रगामी जनता संघर्षमा उत्रेको परिस्थिति छ । आज अत्यन्तै जटिल बन्दै गएका वातावरणीय संकट, शरणार्थी संकट, सम्भावित आणविक युद्ध, र पुलिसको दमनकारी भूमिका येही व्यवस्था अन्तर्गत रहेर हल हुने सम्भावना न्यून बन्दै गएको छ।

८.नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल पक्षकी नेतृ पम्फा भुसालले महिलाहरुले ५० प्रतिशत अधिकार प्राप्तिको लागि आन्दोलन गर्नुपर्ने बताउनुभएको छ । सोमबार १ सय ११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा अनेरास्ववियूले आयोजना गरेको टेम्पो चालक महिला सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ भुसालले ५० प्रतिशत भन्दा बढी संख्यामा रहेका महिलाहरुले सबै क्षेत्रमा ५० प्रतिशतभन्दा बढी अधिकार प्राप्तिको निम्ति आन्दोलन गर्नुपर्ने बताउनुभएको हो ।

९.मेलम्ची खोलाबाट २६.५ किमी लामो सुरुङ हुँदै ल्याइएको पानी सुन्दरीजल प्रशोधन केन्द्रबाट बाग्मतीमा मिसाइएपछि पानी बढेको छ । मेलम्ची खोलाबाट २ सय ६० लिटर पानी प्रतिसेकेण्ड आएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । यही फागुन २२ गते शनिबार बेलुकी प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीबाट ल्याइएकाे पानी बाग्मतीमा मिसाउनु भएपछि पशुपति क्षेत्रसम्मको नदी केही सफा देखिएको छ ।

 १०.प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनस्थापना एसिड आक्रमणविरुद्धको कानून पास गर्न नदिनका गरेको आरोप लागाउनुभएको छ । १११ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संसद पुनस्थापना उफ्रिन, नारा लगाउन, कराउन, अध्यादेश पेश गर्न नदिन र एसिड आक्रमणका विरुद्धको कानून पास गर्न नदिनका लागि गरेको आरोप लागाउनुभएको हो ।

११.यमनको राजधानी शहरस्थित एक आप्रवाशी शिविरमा भएको आगलागीमा परी आइतबार कम्तीमा पनि आठ आप्रवासीको ज्यान गएको बताइएको छ । त्यस शिविरमा भएको आगलागीमा उक्त शिविरका सुरक्षा गार्डहरू पनि परेको बताइएको छ । यस क्रममा अरु केही संख्यामा घाइते भएका पनि अन्तर्राष्ट्रिय आप्रवासन संगठनले जनाएको छ ।

१२.जीतपुरसिमरा उपमहानगरपालिकाले सार्वजनिक यातायातमा महिला, अपाङ्ग र जेष्ठ नागरिकको सिट आरक्षित गर्न स्टिकर टाँस्ने अभियान शुरु गरेको छ । एक सय ११ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा यस उपमहानगरपालिकाले पथलैया विरगञ्ज चल्ने सार्वजनिक यातायातका साथै लामो दुरीको यातायातमा आरक्षित सिट राख्ने स्टिकर टाँसेको हो ।

१३. सोमबार नेपाली बजारमा सुनको भाउ तोलामा १ सय रुपैयाँले बढेको छ । आइतबार छापावाला सुन प्रतितोला ८६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो भने आज प्रतितोला ८६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजावी सुन प्रतितोला ८५ हजार ७ सय ५० मा कारोबार भइरहेको छ ।

१४. प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लैङ्गिक हिंसा अन्त्य तथा लैङ्गिक सशक्तीकरणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना कार्यान्वयनमा ल्याएको बताउनुभएको छ । आज १११ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले महिलाविरुद्धको हिंसाका मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गर्न राष्ट्रिय रणनीति तथा कार्ययोजना कार्यान्वयनमा ल्याएको बताउनुभयो ।

१५.देशभरका पहाडी भेगमा अपरान्ह मेघगर्जनसहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज पनि काठमाडौंमा सामान्यतया बदली रहने महाशाखाले जनाएको हो । साेमबार बिहान काठमाडौंको न्युनतम तापक्रम १० दशमलव ६ डिग्री सेल्सियस रहेको छ भने दिउँसो अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियसका बीच रहनेसमेत महाशाखाले जनाएको छ ।

१६.धुर्मुस–सुन्तली फाउण्डेशनको अगुवाइमा भरतपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई समयमै सम्पन्न गर्न ‘हाम्रो रङ्गशाला , मेरो कुर्ची’ अभियान शुरु गरिएको छ । यो अभियानअन्तर्गत एक लाख सहयोग गरेर एउटा कुर्चीमा आफ्नो नाम लेख्न सकिने छ । अहिले सहयोगी दाताले एक लाख हस्तान्तरण गर्दै कुर्चीमा आफ्नो नाम लेखाउन थालेका छन् । यसैक्रममा ‘ओखती’ साबुनले रङ्गशालालाई एक लाख सहयोग गरेको छ । ओखती उत्पादक कम्पनी श्री जयकाली जडीबुटी उद्योग काठमाडौंले एक लाख सहयोग गर्दै कुर्चीमा कम्पनीको नाम लेखाएको हो ।

१७.इङ्ग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा टोटेनहमले क्रिस्टल प्यालेसलाई ४-१ गोलअन्तरले पारजित गरेको छ । घरेलु टिम टोटेनहमले आइतबार राति भएको खेलमा क्रिस्टल प्यालेसलाई फराकिलो अन्तरले पराजित गरेको हो ।

१८.सर्वोच्च अदालतको पछिल्लो फैसलापछि नेकपाबाट निर्वाचन जनप्रतिनिधिको पद के हुन्छ भन्ने प्रश्न उठेको छ । अदालतको फैसलाबाट तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएको मान्ने हो भने नेकपा एकीकरणपछि निर्वाचित संघीय संसद् र प्रदेश सभा सांसदको पदबारे स्वभाविक प्रश्न उठ्ने देखिएको हो ।

१९.८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउन थालेको एक शताब्दीभन्दा धेरै समय बितिसकेको छ । बीसौं शताब्दीको पहिलो दशकमा सक्रिय समाजवादी आन्दोलनले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवधारणा जन्माएको थियो । महिलाहरूको सामाजिक योगदानप्रति सम्मान गर्न र कामदार महिलाका मागलाई लिएर थालनी भएका आन्दोलनलाई अझ उचाइमा पुर्याउन समाजवादी नेतृ तथा जर्मनी सामाजिक प्रजातान्त्रिक पार्टीको महिला विभागकी प्रमुख क्लारा जेटकिनले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने प्रस्ताव गरेकी थिइन् ।

२०.आज हामी १११औ अन्तारराष्ट्रिय श्रमिक महिला दिवस मनाइरहेका छाैं । प्रत्येक वर्ष नयाँ सोच र परिर्वतनका साथ सयुक्त राष्ट्रसंघले महिला दिवसलाई विशेष रुपमा मनाउने गरेको छ । यो वर्षको नारा नेतृत्वमा महिला भन्ने रहेको छ । न्यूनतम आधारभूत आवश्यकता रोटीको मागबाट शुरु भएको महिला आन्दोलनले शिक्षा, स्वास्थ, रोजगारी, आर्थिक, सामाजिक, राजनितिक, समानता र पहुँच र सबै तहमा महिलाको नेतृत्व सम्मको अधिकार स्थापित गर्नमा यो दिनले विशेष महत्व राख्दछ ।

२१.विश्वभरमा नौं करोड २९ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । सोमबार बिहानसम्ममा नौं करोड २९ लाख ३५ हजार पाँच सय नौं जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…