माओवादी केन्द्रसँग सहकार्य जारी रहनेछ : नेता नेपाल

काठमाडौं । साविक दाहाल–नेपाल समूहका नेता माधव कुमार नेपालले पूर्व एमाले र पूर्व माओवादी केन्द्र अलग भएपनि आफूहरुबीचको सहकार्य जारी रहने बताउनुभएको छ ।
दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकपछि पत्रकारसँग कुरा गर्दै नेता नेपालले अलग भएपनि माओवादी केन्द्रसँग सहकार्य जारी रहने बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘प्रचण्डजीको र हाम्रो आजबाट पार्टी अलग भएपनि हाम्रो मन विशाल छ । अनौपचारिक छलफल भइराख्छ । सहकार्य जारी रहन्छ ।’
उहाँले सर्वोच्चको फैसला अनुसार जानै पर्ने भएको बताउँदै पार्टी एकताको प्रयास जारी राख्ने बताउनुभयो । सर्वोच्चको आदेशको पूर्णपाठ अध्ययन र विभिन्न पक्षसँग छलफलपछि पुनरावेदन गर्नेबारेमा पनि छलफल भइरहेको नेता नेपालले जानकारी दिनुभयो ।