Logo जेठ ३, २०७८ सोमबार


दैलेखमा चार छोराछोरी सहित एक महिला कर्णाली नदीमा हाम्फालिन्, दुई छोरीको शव फेला

दैलेख । दैलेखमा एक महिलाले चार छोराछोरी सहित कर्णाली नदीमा हाम्फालेर आत्महत्या गरेकी छन् ।

जिल्लाको आठबीस नगरपालिका वडा वडा नम्बर ३ निमायलकी सुकी बडुवालले चार छोराछोरी सहित कर्णाली नदीमा हाम्फालेर आत्महत्या गरेकी हुन् । दुई छोरीको शव सोमबार साँझ भेटिए पनि अन्य तीनजना वेपत्ता रहेको जिल्ला प्रशासन कार्यालय दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी हरि देवकोटाले जानकारी दिनुभयो ।

श्रीमान मदिरा सेवन गर्ने भएकोले घर झगडाका कारण आत्महत्या गरेको प्रहरीको अनुमान छ । उनले तीन छोरी र एक छोराका साथ कर्णालीमा हाम्फालेको प्रहरीले जनाएको छ ।

मध्यपहाडी लोकमार्गको अछाम जोडने पुल भन्दा दुई सय मिटर माथि पाँचै जनाको चप्पल नदी किनारमा भेटिएको छ । दुइ छोरीको शव डोरीले हात बाँधिएको अवस्थामा सोमबार अबेर फेला परेको थियो । बाँकीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

छोरीहरु १६ वर्षीया कल्पना बडुवाल, १२ वर्षकी सरिता बडुवालको शव फेला परेको र वेपत्ता आमा र छोराको शव खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । तथा समूदायले खोजी कार्य जारी राखेको बताए । जिल्ला प्रहरी कार्यालय दैलेखबाट डिएसपी अनुपम श्रेष्ठको नेतृत्वमा टोली राकम कर्णाली गएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…