Logo जेठ ३, २०७८ सोमबार


रघुजी पन्तविरुद्ध मुद्धा दायर गर्दै कोमल वली

काठमाडौं । राष्ट्रिय सभा सांसद कोमल वलीले नेकपा नेता रघुजी पन्त विरुद्ध गाली बेइज्जतीको मुद्धा दायर गर्नु भएको छ । सांसद वलीले मंगलबार काठमाडौं जिल्ला अदालत पुगेर नेकपा एमालेका नेता रघुजी पन्त विरुद्ध गाली बेइजतीको मुद्धा दायर गर्नुभएको हो ।

नेता पन्तले राष्ट्रिय सभाकी सांसद वलीमाथि केही समय अघि एक कार्यक्रममा असभ्य टिप्पणी गर्नुभएकाे थियाे । सो टिप्पणीको सबैतिर तिव्र आलोचना भएको थियो । नेता पन्तले गरेको टिप्पणीले आफुलाई चोट पुगेको तथा समस्त आमा, दिदीबहिनीहरुको मान प्रतिष्ठामा चोट पुगेकाले मुद्धा दायर गर्नुपरेको राष्ट्रिय सभा सदस्य वलीले बताउनुभयो ।

नेता पन्तको टिप्पणीले सम्पूर्ण आमा, दिदीबहिनीहरु माथि लैंगिक हिंसा भएको उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘उहाँले माफि माग्नुभएको छैन । मेरो आशय त्यस्तो थिएन भन्नुभएको छ । त्यसकारण उहाँले म सँग माफि पनि माग्नुभएको छैन । र यस्ता शब्दहरु प्रयोग गर्नुभएको छ कि माफ गर्न क्षम्य हुने खालको छैन । त्यसकारणले गर्दा मलाई चोट पुगेकै हुनाले र मलाई मात्र होइन समस्त आमा, दिदी बहिनीहरुको मान प्रतिष्ठामा चोट पुगेको हुनाले म मुद्धा दर्ता गर्दैछु । सम्पूर्ण आमा दिदीबहिनीहरु माथि लैंगिक हिंसा भएको हुनाले, यौनिक उत्पीडनको कुरा भएको हुनाले, यौनिकता, महिला शोषणको कुरा भएकाले कानुनी प्रक्रियामा जाने मैले निर्णय गरे । अदालतले जे निर्णय गर्छ त्यसलाई मैले आत्मसात् गर्नेछु ।’

सांसद वलीले आफु माथिल्लो सदनको विधायिका भएको हुनाले आफुले आत्मसम्मानको खोजी गर्न नसके, न्यायको खोजी गर्न र न्यायको लागि बोल्न नसके अरुको अवस्था पनि त्यस्तै हुने भन्दै अदालत आउनु बाध्यता भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…