Logo बैशाख ३१, २०७८ शुक्रबार


एसईईको परीक्षा तालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा तालिका सार्वजनिक गरेको छ ।आगामी जेठ १३ देखि २४ गतेसम्म सञ्चालन गर्ने गरी परीक्षा तालिका बुधबार सार्वजनिक गरेको हो ।

जेठ १३ गते अनिवार्य अंग्रेजी तथा वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्य/अनिवार्य अंग्रेजी विषयको पनि परीक्षा हुने छ । जेठ १४ गते अनिवार्य नेपालीको परीक्षा हुने छ भने जेठ १६ गते अनिवार्य गणितको परीक्षा हुनेछ । जेठ १७ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुने छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार जेठ १८ गते सामाजिक र जेठ १९ गते स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको परीक्षा हुने छ ।
२० गते ऐच्छिक गणितको परीक्षा हुने छ भने सोही दिन ऐच्छिक पहिलो पत्रका सबै विषयहरुको परीक्षा हुने बोर्डले समय तालिका सार्वजनिक गरेको छ । त्यसैगरी २१ देखि २४ गतेसम्म प्राविधिकतर्फका विषयहरुको परीक्षा हुने छ ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…