Logo बैशाख २९, २०७८ बुधबार


राजविराजमा ११ दिने राष्ट्रिय महोत्सव हुँदै

विद्यानन्द राम
राजविराज । सप्तरीको राजविराजमा ११ दिने राष्ट्रिय महोत्सवको आयोजना हुने भएको छ । ‘रकी इन्टरटेन्मेन्ट एण्ड एडभरटाइजीङ’ले वैशाख ३१ गतेदेखि जेठ १० गतेसम्म महोत्सवको आयोजना गर्न लागेको हो ।

मनोरञ्जन तथा व्यवसायको प्रचार प्रसार एवं प्रवद्र्धन गर्नका लागि आयोजकले पत्रकार सम्मेलन गर्दै जानकारी गराएको छ । महोत्सवमा ‘मिस्टर एण्ड मिस नेशन २०२१’, ‘सिंगिङ आइडल नेशन २०२१’, ‘डान्सिङ आइडल नेशन २०२१’, ‘मिस्टर फिजिक्स् नेशन २०२१’ लगायतका विद्याहरुमा प्रतिस्पर्धा गराउने कार्यक्रम रहेको छ ।

प्रतिस्पर्धाका विजेता र उपविजेतालाई मोटरसाइकल, स्कुटर, नगद र ट्रर्फीका साथै उपहारहरु प्रदान गरिने आयोजकका अध्यक्ष रकी झाले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । प्रतिस्पर्धामा सहभागी गराउनका लागि देशभरका मुख्य मुख्य बजारबाट अडिशन लिइनेछ भने अडिशनमा छनोट गरिएकालाई प्रतिस्पर्धामा सहभागी गराइने आयोजकले जनाएको छ ।

यसैगरी महोत्सवमा व्यवसायको प्रचार प्रसार गर्न एक सय वटा स्टलहरु राखिने छ । ११ दिनसम्म हुने महोत्सवमा झण्डै एक करोड रुपैयाँ खर्च हुनेछ भने महोत्सवबाट उठेको रकमको कुल ५ प्रतिशत वृद्धा आश्रममा सहयोग गर्ने अध्यक्ष झाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…