Logo बैशाख २९, २०७८ बुधबार


बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो

एजेन्सी । स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ ।

प्रि–क्वाटरफाइनलको दोस्रो लेग अन्तर्गत बुधबार राति भएको दोस्रो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले १–१ को बराबरीमा रोकिदिएपछि बार्सिलोना बाहिरिएको हो । बार्सिलोना समग्रमा ५–२ को हारसहित जारी लिगबाट बाहिरिएको हो ।

घरेलु मैदानमा भएको पहिलो लेगमा बार्सिलोना ४–१ ले पराजित भएको थियो ।

बुधबार राति भएको खेलमा घरेलु टोली पिएसजीले ३० औँ मिनेटमा पाएको पेनाल्टीमा केलियन एमबाप्पेको गोलबाट सुरुवाति अग्रता लियो ।

भ्रमण टोलीका लागि ३७ औँ मिनेटमा लियोनल मेस्सीले बराबरी गोल गरे । तर सो गोल जित वा समग्रमा क्वाटरफाइनलको यात्रा तय गर्नका लागि पर्याप्त थिएन ।

पछिल्लो १४ वर्षमा पहिलोपटक अन्तिम ८ मा पुग्न असफल भएको बार्सिलोनाबाट मेस्सीले चारपटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् । तर यो पटक भने यात्रा सुखद रहेन ।

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…