Logo बैशाख ३, २०७८ शुक्रबार


महाशिवरात्रि पर्व : देशभरका शिवालयमा भक्तजनको भीड (फोटोफिचर)

काठमाडौं । आज महाशिवरात्रि पर्वको दिन भगवान शिवको दर्शन तथा पूजा आरधनाका लागि देशभरका शिवालयहरुमा भक्तजनको भीड लागेको छ । फागुन कृष्ण चतुर्दशीकाे तिथिमा मनाइने महाशिवरात्रिकै दिन भगवान शिव र देवी पार्वतीबीच विवाह भएको मानिन्छ ।

महाशिवरात्रिका अवसरमा बिहीबार रुपन्देहीको बसडिलवास्थित शिवालयमा शिवको पूजा आराधानाका लागि लामबद्ध भएर बसेका भक्तजन ।
पशुपतिस्थित वनकाली क्षेत्रमा एक किशोरीलाई आर्शीवाद दिँदै खरानीसहितका गेरु बस्त्रले सिङगारिएका झिल्के साधु ।
महाशिवरात्रि पर्वका अवसरमा लमजुङको बेँसीशहर नगरपालिका वडा नं. ७ त्रिवेणीधामस्थित महादेव मन्दिर परिसरमा साधुको हातबाट टीका लगाएर आर्शिवाद लिँदै महिला ।
महाशिवरात्रि पर्वका अवसरमा बिहीबार लमजुङको बेँसीशहर नगरपालिका–७, त्रिवेणीधामस्थित महादेव मन्दिरमा पूजा गर्न लामबद्ध भएर बसेका भक्तजन ।

पोखरा महानगरपालिका–६ कुमागाने पार्कमा शिवरात्रीको अवसर पारेर साँझ बाल्नका लागि तयार पारिएको शिव धुनी ।
पोखरा महानगरपालिका–६स्थित केदारेश्वर मन्दिर परिसरमा शिवरात्रीको अवसरमा दर्शन गर्न भक्तालुको भीड ।

महाशिवरात्रीको अवसरमा बिहीबार धनगढी–४ उत्तरबेहडी स्थित शिवपुरी उत्तररामेश्वरम ज्योतिर्लिङ्ग धाम परिसरमा रहेको १०८ फिट अग्लो शिव लिङ्गको प्रवेशद्वारमा पूजाका लागि पालोको पर्खाइमा बसेका भक्तजन ।
महाशिवरात्रीको अवसरमा धनगढी–४ उत्तरबेहडीस्थित शिवपुरी उत्तररामेश्वरम ज्योतिर्लिङ्ग धाममा बिहीबार पूजा गर्नका लागि आएका भक्तजनको घुँइचो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…