Logo बैशाख २८, २०७८ मंगलबार


विद्यार्थीलाई बेमौसमी तरकारी तालिम

बझाङ । बित्थडचिर गाउँपालिकामा अवस्थित देवेश्वरी माध्यमिक विद्यालयले विद्यार्थीलाई निःशुल्क बेमौसमी तरकारी तालिम सञ्चालन गरेको छ ।

तरकारी खेतीमा विद्यार्थीलाई आकर्षित गरी आत्मनिर्भर बनाउने ध्येयले सञ्चालित ६५ दिने तालिममा २० विद्यार्थी सहभागी रहेको नेपाल शिक्षक संघ बित्थडचिरका सचिव सम्बोध मल्लले जानकारी दिनुभयो ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सुदूरपश्चिमको कार्यालय धनगढीले तालिम सञ्चालनका लागि सहयोग गरेको थियो । तालिम शुभारम्भका अवसरमा गाउँपालिकाका अध्यक्ष प्रेम बोहारा र विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेश बोहराले विद्यार्थीलाई कृषिमा आकर्षित गराउन तालिम सञ्चालन गरिएको बताउनुभयो । सोही विद्यालयमा तालिम परिषद्अन्तर्गत कृषि जेटिए पनि पढाइ हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…

प्रयोगशालाका लागि आवश्यक सामग्रीको अभावमा अस्पतालले परीक्षण रोकेको अस्पताल प्रशासन स्रोतले जानकारी दिएकाे छ ।

 बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजना बाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ । साथै अबको निषेधाज्ञा  थप कडा…

सहभागी प्रशिक्षार्थीहरुमा डेनमार्क, बेल्जियम, स्पेन, स्वीडेनलगायतका युरोपेली मुलुकमा रोजगारी तथा अध्ययनमा रहेका १८ युवा रहेको क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरका…