Logo जेठ ३, २०७८ सोमबार


पशुपतिनाथमा दर्शनार्थीहरुलाई पुजाआजाको सहज व्यवस्था

काठमाडाैं । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथमा दर्शनार्थीहरुलाई सहज रुपमा पुजाआजाको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले बताएको छ । बिहीवार महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थी तथा भक्तजनहरुको भीड लागेको छ ।

अघिल्लो वर्षहरुको तुलनामा यस वर्ष दर्शनार्थीलाई मन्दिर दर्शनका लागि छिटो र सहज हुने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले बताएको छ । ११ वटा उपसमिति गठन गरी राम्रो व्यवस्थापन गरिएको महाशिवरात्रि पर्व व्यवस्थापन समितिका प्रवक्ता रेवतीरमण अधिकारीले बताउनुभयो ।

एकिकृत रुपमा सुरक्षा संयन्त्र परिचालन गरी सुरक्षाको प्रवन्ध मिलाइएको, स्वयम् सेवक पर्याप्त मात्रामा परिचालन गरिएको, भोजन, अवास, पानीको व्यवस्थापन मिलाइएको तथा स्वास्थ्य शिविर सञ्चालन गरिएको उहाँले बताउनुभयो । जेष्ठ नागरिक तथा शारीरिक रुपमा अशक्त व्यक्तिहरुका लागि सुरक्षाकर्मी र स्वयं सेवकको सहयोगमा छिट्टै दर्शन गर्न सकिने व्यवस्था मिलाईएको छ ।

अघिल्ला वर्षहरुको तुलनामा यस वर्ष दर्शन गर्न सहज भएको दर्शनार्थी तथा भक्तजनहरुले बताएका छन् । महाशिवरात्रि पर्वको अवसरमा उल्लेख्य रुपमा साधुसन्त तथा भक्तजनको उपस्थिति रहेको छ । कोभिड १९ को संक्रमणबाट बच्न अनिवार्य मास्कको प्रयोग गर्न पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…