Logo बैशाख ३१, २०७८ शुक्रबार


सैनिक कौशल प्रदर्शनसहित नेपाली सेनाले मनायाे दिवस

काठमाडाैं । नेपाली सेनाले बिहीवार औपचारिक कार्यक्रम गरी सेना दिवस मनाएको छ । नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा कार्यक्रम गरी सेना दिवस मनाएको हो ।

टुडिखेलमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा लगायत राज्यका विभिन्न निकायका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

हरेक वर्ष महाशिवरात्रीका दिन नेपाली सेनाले सेना दिवस मनाउने गर्दछ । यसको सुरुवात भने सन् १९३५ बाट भएको बताइन्छ । नेपाली सेनाले कार्यक्रममा विभिन्न साहसिक खेलहरु तथा झाँकी प्रस्तुत गरेको थियो ।

सैनिक मञ्च, टुँडिखेलमा मुख्य समारोह तथा मुलुकभर सेनाका सबै कार्यालय, विभाग, पृतना, बाहिनी, युनिट तथा सब–युनिटले पनि आआफ्नो क्षेत्रमा विभिन्न कार्यक्रम गरी सेना दिवस भव्यताका साथ मनाएका छन् । बिहीवार काठमाडाैंकाे सैनिक मञ्चमा परेड तथा तोप बढाइ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम गरिएको थियो । समारोहमा नेपाली सेनाले आफ्नो सौर्य कौशलको प्रदर्शन गरेको आकर्षक देखिएको थियो ।

कार्यक्रममा सेनाका जवानहरुले राइफल तथा तोपबाट बढाइँ कवाज, त्रिभुवन आर्मी क्लबका खेलाडी र राष्ट्रिय सेवा दलका क्याडेटलगायत विभिन्न युनिटबाट मार्चपास गर्नुको साथै सेनाको बख्तरबन्द गाडी, हतियार र इक्युप्मेन्ट प्रदर्शन, ब्याण्ड डिस्प्ले, हेलिकप्टरबाट नेपालको राष्ट्रिय झण्डा र सेना दिवस–२०७७ लेखिएको ब्यानर प्रदर्शनी साथै पुष्पवृष्टि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…