Logo बैशाख ३१, २०७८ शुक्रबार


प्रधानमन्त्री भेट्न डा. भट्टराईसहित जसपाका पाँच नेता बालुवाटरमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का पाँच नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीसँग राजनीतिक वार्ताका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । संघीय परिषदका अध्यक्ष डा बाबुराम भट्टराईसहित पाँच नेताहरु प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुग्नुभएको हो ।

सर्वोच्च अदालतको फैसलापछि देशको राजनीति नयाँ समिकरणको प्रयासमा रहेका बेला जसपाका नेताहरु आफ्नो माग तथा मुद्दा सम्बोधन गराउन र राजनीतिक निकासका लागि संसदको प्रमुख राजनीतिक दल एमालेका अध्यक्ष तथा प्रधानमन्त्रीसँग परामर्श गर्न लाग्नुभएको जसपाका नेता लक्ष्मणलाल कर्णले जानकारी गराउनुभयो ।

बालुवाटार जानु अघि नेता कर्णले बैठकमा जसपाका पाँच नेताहरुको सहभागीता रहने बताउनुभएकाे थियाे । उहाँकाअनुसार संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराई, केन्द्रीय परिषदका अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव, केन्द्रीय नेताहरु राजेन्द्र महतो र अशोक राईको बैठकमा सहभागीता रहेकाे छ।

पछिल्लो समय जसपाका नेताहरुले राजनीतिक परामर्शलाई तीव्रता दिइरहेका छन् ।

पार्टीका नेता तथा सांसद रेशम चौधरीसहितका नेता कार्यकर्ताहरुको रिहाई, मधेससँग सम्बन्धित मुद्दा सम्बोधनका लागि संविधान संशोधनको विषयलाई प्रमुखरुपमा जसपाले उठाउँदै आएको छ ।

प्रधानमन्त्रीले आफूहरुको माग मुद्दा सम्बोधन गर्ने प्रतिवद्धता जनाउनुभएमा सत्ता सहकार्यका लागि समेत तयार हुने दलले बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…