Logo बैशाख २८, २०७८ मंगलबार


मेयर कप क्रिकेट प्रतियोगिता: एपिएफ फाइनलमा

काठमाडाैं ।  विभागीय टोली एपिएफ काठमाडौ मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपिएफले काठमाडौं ११ लाई ७ विकेटले हराउँदै फाइनल यात्रा तय गरेको हो । यस अघि पुलिसको ४ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा बस्दै बुधबार नै फाइनलमा प्रवेश गरिसकेको थियो ।

एपिएफले पनि ४ खेलमा ६ अंक जोडेपनि रनरेटमा पछि पर्दै दोस्रो स्थानमा बस्दै फाइनल यात्रा पक्का गरेको हो । बाग्मती ४ अकका साथ तेस्रो स्थानमा रहदा आर्मी र मेयर ११ समान २ अंकका साथ क्रमश चौथो र पाँचौ स्थानमा रहे । मेयर ११ ले प्रस्तुत गरेको १ सय ७८ को लक्ष्य एपिएफले ४४.१ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्दा अन्तिम दुईको यात्रा सम्भव भएको थियो ।

१ रन जोड्दा ओपनर आसिफ शेखलाई गुमाएसँगै एपिएफले सुखद सुरुआत भने गर्न सकेन । आसिफलाई पहिलो ओभरको अन्तिम बलमा अनुज चुनाराले बोल्ड गरेका थिए । दोस्रो विकेटका लागि अर्को ओपनर शंकर राना र कप्तान शरद भेषावकरले ४३ रनको साझेदारी गर्दै एपिएफको इनिङ सम्हाल्ने प्रयास गरेका थिए । शंकरले अनिल खरेलबाट एल्बीडब्लुको शिकार हुनुअघि ४९ बलमा ५ चौका मद्दतमा ३१ रन जोडे ।शंक पवेलियन फर्किएपछि ब्याटिङका लागि आएका भुवन कार्कीले पनि मात्र ११ रन जोडे । भुवनलाई मेयर ११ का कप्तान सन्दिप लामिछानेले बोल्ड गरेका थिए ।

चौथो विकेटका लागि शरद र सन्दिप जोराले अविजित १ सय २१ रनको साझेदारीका साथ एपिएफको फाइनल यात्रा पक्का गरेका थिए । शरदले १ सय १८ बलमा ५ चौका र १ छक्का मद्दतमा अविजित ६१ रनको योगदान गर्दा सन्दिप जोराले ७९ बलमा ९ चौका मद्दतमा अविजित ६२ रनको योगदान गरे । मेयर ११ का सन्दिप,अनुज र अनिलले समान १ विकेट लिएका थिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मेयर ११ ले ४८.५ ओभरमा सबै विकेट गुमाउदै १ सय ७७ रनको योगफल तयार पारेको थियो । मेयर ११ का लागि सन्दिप रजाइलीले सर्वाधिक ४८ रनको योगदान गर्दा हरिशंकर शाहले ३६ र विक्रम भुषालले २० रन जोडे । एपिएफका अविनाश बोहोरा र कमलसिंह ऐरीले समान ३ विकेट लिएका थिए । भुवन कार्की,शरद र वसन्त रेग्मीले समान १ विकेट लिएका थिए ।
बुधबार नै भएको अर्को खेलमा बाग्मती प्रदेशले प्रतियोगितामा सुखद अन्त्य गर्ने क्रममा आर्मीलाई १० रनले हराएको हो ।

बाग्मतीले प्रस्तुत गरेको २ सय ६७ रनको लक्ष्य पछ्याएको आर्मीले ४८.१ ओभरका सबै विकेट गुमाउदै २ सय ५६ रन मात्र जोड्न सक्यो । आर्मीका कप्तान विनोद भण्डारीले १ सय १९ रन जोड्पनि टोलीको हार भने टार्न सकेनन् ।

ओपनर लोकेश बमले ४६ रन जोडे भने करण केसीले २४ रन जोडे । विनोदले १ सय १४ बलमा ८ चौका र ७ छक्का प्रहार गरेका थिए । बाग्मतीका ओरियो पौडेलले ५ विकेट लिए भने रामनरेश गिरीले १ तथा नन्दन यादव,सोनु देवकोटा र पारसले समान १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको बाग्मतीले ४९.४ ओभरमा सबै विकेट गुमाउदै २ सय ६६ रनको योगफल तयार पारेको थियो । बाग्मतीका लागि पारसले १ सय ३३ बलमा ११ चौका र २ छक्कको मद्दतमा १ सय १९ रन प्रहार गरे । आर्मीका सोमपाल कामीले ५ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…

प्रयोगशालाका लागि आवश्यक सामग्रीको अभावमा अस्पतालले परीक्षण रोकेको अस्पताल प्रशासन स्रोतले जानकारी दिएकाे छ ।

 बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजना बाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ । साथै अबको निषेधाज्ञा  थप कडा…

सहभागी प्रशिक्षार्थीहरुमा डेनमार्क, बेल्जियम, स्पेन, स्वीडेनलगायतका युरोपेली मुलुकमा रोजगारी तथा अध्ययनमा रहेका १८ युवा रहेको क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरका…