Logo बैशाख ३१, २०७८ शुक्रबार


नेकपा माओवादी केन्द्रमा पार्टीको नाम फेर्ने तयारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को नाम फेर्नेबारे पार्टीमा छलफल भइरहेकाे छ । नेकपा (माओवादी केन्द्र) काे स्थायी समिति बैठकमा पार्टीको नाम परिवर्तन गर्न छलफल भएकाे हाे ।

बैठकमा नाम नेपाली कम्युनिष्ट पार्टी वा नेपाल कम्युनिष्ट पार्टीकाे पछाडि केही थपेर नयाँ नाम पारित गर्नेबारे छलफल भएकाे एक स्थायी समिति सदस्यले जानबारी दिएका छन् ।

माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको नाम फेर्ने बारे अनौपचारिक छलफलको विषय मात्र बनेको बताउनुभयाे।

‘औपचारिक छलफल हैन, अनौपचारिक छलफल भएको हो,’ प्रवक्ता श्रेष्ठले भन्नुभयाे, अध्यक्ष प्रचण्डले पनि यो विषयमा उपयुक्त समयमा निर्णय लिने कुरा गर्नु भएको छ।

नेकपा एकीकरण खारेज गरेर निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युताँइदिएपछि पेरिसडाँडास्थित माओवादी कार्यालयमा रहेको बोर्ड हटाउने विषयमा छलफल हुदाँ नामको विषय उठेकाले पार्टीकाे नाम परिवर्तन गर्ने विषयमा छलफल भइरहेकाे एक स्थायी कमिटी सदस्यकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…