Logo जेठ १, २०७८ शनिबार


चमत्कारी ऐना

एउटा गाउँमा रामलाल नामका एक गरिब किसान बस्थ्यो । आफ्नो थोरै जग्गामा खेतीबारी गरेर उनको गुजारा चलेको थियो । उसले गाईवस्तु पनि पालेको थियो ।

एकदिन रामलाल गाईवस्तुलाई घाँस खोज्न नजिकैको जंगल गयो । घाँस खोज्ने क्रममा उनले परका दुई रुखको बीचमा केही चम्किलो वस्तु चम्किरहेको देख्यो । रुखहरुको बीचमा चम्किलो वस्तु देखेपछि रामलाललाई त्यो वस्तु के हो भन्ने उत्सुकता जाग्यो र ऊ त्यो वस्तुको नजिक गयो । त्यहाँ एउटा चम्किलो ऐना थियो । साँझ पर्न लागेको थियो । उसलाई घर फर्कन हतार थियो । उसले त्यो चम्किलो ऐनालाई आफैँसँग लैजाने निर्णय गर्यो ।

घर पुगेपछि रामलालले ऐनालाई कोठाको एउटा कुनामा राख्यो र खाना खाएर सुत्यो । उसले आफ्नी पत्नीलाई पनि त्यस ऐनाको बारेमा केही सुनाएन । बिहान उठेर खेतमा जाने बेलामा उसले ऐना सम्झियो र हेर्न गयो ।

उसले झ्याल खोल्ने बित्तिकै घामको किरण ऐनामा पर्यो र ऐनाको प्रतिविम्वित किरण कोठाको अर्को कुनाको आलमारीमा पर्यो । घामको ऐनामा परेको प्रतिविम्वित किरणले आलमारी सुनमा परिणत भयो । त्यो देखेर रामलाल छक्क पर्यो । त्यसपछि उसले ऐनालाई अर्कोतिर फर्कायो । ऐनामा परेको घामको प्रतिबिम्बित किरण कोठामा भएको बाँसुरीमा पर्यो र तुरुन्तै बाँसुरी पनि सुनमा परिणत भयो । त्यो देखेर ऊ खुसी भयो । त्यो सबै कुरा रामलालले पत्नीलाई पनि सुनायो । उनीहरु दुवै जना असल मानिस थिए । त्यसैले उनीहरुले आफूलाई आवश्यक पर्दा मात्र त्यो चमत्कारी ऐनाको प्रयोग गरेर सुन बनाउने र बेच्ने गर्थे । उनीहरु विस्तारै धनी बन्दै गए ।

रामलाल यसरी धनी हुँदै गएको देखेर उसका छिमेकीहरु छक्क पर्न थाले । उसका एक छिमेकी त झन् रामलालको प्रगति देखेर डाहाले जलिरहेको हुन्थ्यो । उसले रामलाल कसरी धनी भयो भन्ने पत्ता लगाउन निकै चियो चर्चो गथ्र्यो । सँधैको चियो चर्चोपछि एकदिन उसले रामलालको चमत्कारी ऐनाको बारेमा थाहा पायो र त्यो चोर्न उसले मौका खोजिरहेको थियो ।

एकदिन रामलाल र उसकी पत्नी आफन्तको घर गएका थिए । त्यसै मौका छोपेर राति त्यो छिमेकीले चम्किलो ऐना चोर्यो । यसले घर गएर बत्ति, लालटिन बालेर सुन बनाउने खूब कोसिस गर्यो तर सकेन । उसलाई थाहा थिएन कि चमत्कारी ऐनाले घामको किरण पाएपछि मात्र काम गर्छ ।
बिहान उसले घरको झ्याल खोलेपछि घामको किरण पर्नासाथ चमत्कारी ऐनाले काम गर्न सुरु गर्यो । त्यसपछि उसको खुसीको सीमा रहेन । उसले कोठाका एक एक वस्तुलाई सुनमा परिणत गर्न थाल्यो ।

ऊ धनको लोभमा यति पागल भएको थियो कि उसले त्यहि कोठामा पत्नी र छोरा सुतिरहेका छन् भन्ने पनि बिर्सियो र झुक्किएर ऐनाको किरण उनीहरुमा पार्यो । ऐनाको किरण पर्नासाथ उसकी पत्नी र छोरा पनि सुनमा परिणत भए । त्यसपछि ऊ अत्तालियो । छोरा र पत्नीलाई सुन हटाएर मान्छे बनाउन खूब कोसिस गर्यो तर सकेन । ऊ रोयो, करायो, चिच्यायो तर पनि केही गर्न सकेन । उसलाई धन सम्पत्ति नै सबैभन्दा ठूलो हो भन्ने लाग्थ्यो । तर अब भने आफ्नो पागलपनप्रति उुले पछुतो मान्यो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । नेपाली मौलिक भिडियो शेयरिङ एप थोप्ला सार्वजनिक भएको छ । चर्चित भिडियो शेयरिङ एप टिकटककै स्वरुप रहेको थोप्ला…

पुरानो आर्थिक व्यवहार मिल्नेछ । सामाजिक काममा प्रगति मिल्नेछ ।

उत्तरविहीन प्रश्नको भारीले थिचिरहँदा बिसाउने चौतारी कहाँ भेटूँ म ?

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…