Logo बैशाख ७, २०७८ मंगलबार


कवितामा मौनताको सौन्दर्यशास्त्र छ : नेत्र एटम, कवि तथा साहित्यकार

साहित्यकार नेत्र एटमको कविता संग्रह ’प्रिय मौनता’ छिट्टै सार्वजनिक हुने क्रममा छ । यसलाई कविले उपासना कविता नाम दिएका छन्, यो नयाँ र सुन्दर र सार्थक नाम हो । हार्ड कभरको यस कृतिलाई शिखा बुक्सले बजारमा ल्याउँदै छ । यसै प्रसङ्गमा कवि एटमसँग जनतासमाचारका लागि निरुपा प्रसूनले गर्नुभएको वार्तालापको छोटो अंश यहाँ प्रस्तुत छ :

कस्ता कविताको संग्रह हो ’प्रिय मौनता’ ?

यो उपासना कविताहरुको संग्रह हो । प्रेम, प्रकृति र हृदयको उज्यालोको उपासना यसमा पाउन सकिन्छ ।

उपासना कविता भनेको के हो ?

सम्बोध्य पात्रप्रतिको गहिरो आकर्षण, विश्वास, समर्पण र प्रेमको अनन्त श्रृंखला हो उपासना कविता । यो जीवनको आराधना भएको नाटकीय एकालाप हो ।

किन पढ्ने पाठकले यो कृति ?

जिन्दगीलाई कलाको सौन्दर्यले सजाएर नयाँ दृष्टि सिर्जनाको चाहना पूरा गर्न ।

राजनीतिक–सामाजिक मुद्दा केन्द्रित कविताको भिडमा हार्दिक सौन्दर्यका कविताका पाठक भेटिएलान् त ?

कविता भन्नु नै ध्यानस्थ अवस्थाबाट प्राप्त हुने बिम्बको अभिव्यञ्जना हो । यसले सतही विचार दिँदैन, सौन्दर्यको सार दिन्छ । कविताको कला ठम्याउने मौनताका उपासकहरुको खोजी मेरो कृतिले आफैं गर्छ भन्ने मलाई विश्वास छ ।

कवितामा मौनताको पनि सौदर्यशास्त्र हुन सक्छ र ?

हुन सक्छ होइन, कवितामा मौनताको सौन्दर्यशास्त्र छ नै । डा. पुष्प दमाईंले यसै संग्रहभित्र ’नीरवताको सौन्दर्यशास्त्र’ नाममा त्यसको अन्वेषण र प्रतिपादन गर्नुभएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन सरेको छ । बैैशाख २५ देखि २८ गतेसम्म तय भएको महाधिवेशन जेठमा…

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।