Logo बैशाख २९, २०७८ बुधबार


असिनापानीले दुई करोडको इँटा नष्ट

नवलपरासी । बर्दघाट सुस्तापूर्व नवलपुरमा असिना पानीका कारण करिब दुई करोड बराबरको इँटा नष्ट भएको छ । गत बुधबार साँझ परेको असिनासहितको पानीले नवलपुरमा रहेको इँटा उद्योगमा एक करोड ८० बराबरको क्षति पुगेको छ ।

हावाहुरी, पानी र असिना परेका कारण पोल्ने अवस्थामा तयारी रहेका काँचा इँटामा क्षति भएको नवलपुर इँटा सङ्घका सचिव कृष्ण गौतमले जानकारी दिनुभयो । नवलपुरमा अहिले आठ इँटा उद्योग सञ्चालनमा छन् । सबै इँटा उद्योगमा गरेर पोल्नका लागि तयारी अवस्थामा रहेका ४० लाख काँचो इँटा नष्ट भएको उहाँले बताउनुभयो ।

‘हावाहुरीले चाङ पल्टाउने र पानी आउने एकैसाथ हुँदा क्षति बढी भयो’, केसी इँटा उद्योग कावासोतीका सञ्चालक अशोक केसीले भन्नुभयो, ‘पानीले गलाउथ्यो, अझ असिनाले त काँचो इँटामा प्वाल पारेर धेरै क्षति भयो ।

जिल्लाका इँटा उद्योग रहेको स्थानको भू–बनावटका कारण बढी क्षति हुने गरेको नवलपुर इँटा सङ्घका सचिव गौतमले बताउनुभयो । सबै इँटा उद्योगमा पानी जम्ने समस्याका कारण एक्कासी आउने पानीले बढी क्षति हुने गरेको उहाँले बताउनुभयो ।

पोल्ने अवस्थामा तयरी रहेका काँचो इँटा नष्ट हुँदा वर्षेनी इँटा व्यवसायीले ठूलो क्षति भोग्नुपरेको उहाँले बताउनुभयो । अन्य व्यवसायको बीमा भए पनि इँटाको बीमा नहुँदा क्षतिमा राहत पाउने अवस्था नभएको नवलपुर उद्योग सङ्घका अध्यक्षसमेत रहनुभएको गौतमले बताउनुभयो । बीमा नीति बनाएर भए पनि व्यवसायीले भोग्नुपरेको क्षति न्यूनीकरणका लागि सरकारले पहल गर्नुपर्ने उहाँले बताउनुभयो ।

पोल्नेको लागि तयार भएका इँटा पानीले नष्ट हँदा बजारमा इँटाको अभावसमेत हुने उहाँले बताउनुभयो । यो समयमा इँटाको माग उच्च रहेका अवस्थामा पोल्नका लागि तयारी इँटा नष्ट हुँदा फेरि तयार गर्न समय लाग्ने उहाँले जानकारी दिनुभयो ।

नवलपुरमा नारायणी इँटा उद्योग, माता मनकामना इँटा उद्योग, केसी इँटा उद्योग, नेपाल इँटा उद्योग, कावासोती इँटा उद्योग, देवचुली इँटा उद्योग, मनोकामना इँटा उद्योग र कावा इँटा उद्योग सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…