Logo बैशाख २, २०७८ बिहीबार


कुलेखानी : आन्तरिक पर्यटनको आकर्षक गन्तव्य (फोटोफिचर)

काठमाडौं । कुलेखानी जलविद्युत आयोजना क्षेत्रमा अवस्थित कृत्रिम तालमा आन्तरिक पर्यटकको आकर्षण बढेको छ । पोखराका तालहरुलाई पनि बिर्साउने ‘कुलेखानी ड्याम’ मा यतिबेला आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको हो ।

कुलेखानी ड्याममा बोटिङ गर्न, पिकनिक खान, सुटिङका लागि त्यसैगरी नजिकै रहेको महाभीर झरनाको दृष्यावलोकन गर्न काठमाडौं उपत्यका लगायत वरपरका जिल्लाबाट पर्यटकहरु आउने गरेका छन् ।

रात्रिकालीन दृष्यावलोकनका साथै बिहानको समयमा यहाँबाट देखिने रमाइला दृष्यसँग रमाउन पनि मानिस रात बस्ने गरी यहाँ आउने गर्छन् ।

प्रचारप्रसारको अभावका बाबजुत पनि कुलेखानी क्षेत्रमा पर्यटक बढ्दै गएका छन् । आन्तरिक पर्यटन क्षेत्रको रुपमा विकास हुँदै गरेको कुलेखानी क्षेत्रमा बाटोघाटो लगायतका सुविधाका साथै थोरै भए पनि प्रचार गर्न सके राम्रो पर्यटन गन्तव्यको रुपमा पचिरित हुने सम्भावना देखिन्छ ।

तस्बिर : हनिशराज पन्त/जनतासमाचार

प्रतिक्रिया दिनुहोस्
विशेष

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।