Logo बैशाख २९, २०७८ बुधबार


हेरातमा कारबम विस्फोट, आठ जनाको ज्यान गयो

एजेन्सी । अफगानिस्तानमा भएको एक शक्तिशाली कारबम विस्फोटमा परेर कम्तीमा आठ जनाको मृत्यु भएको छ हेरात भन्ने स्थानमा शुक्रवार भएको कारबम विस्फोटमा आठ जनाको मृत्यु हुनुका साथै दर्जनौ घाइते भएका छन् ।

सर्वसाधारणलाई लक्षित गरी आक्रमण भएको भन्दै संयुक्त राष्ट्रसङ्घले निन्दा एवं खेद व्यक्त गरेकै समय पछिल्लो आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएको छ ।

हेरातस्थित प्रहरी मुख्यालयलाई लक्षित गरी कारबम विस्फोट गराइएको प्रहरीले जनाएको छ । हेरातका प्रान्तीय गभर्नरका प्रवक्ता जेलानी फरहादका अनुसार बम विस्फोटबाट दर्जनौं घर र पसलहरु नराम्रोसँग क्षतिग्रस्त भएका छन् ।

मृत्यु हुनेहरुमा महिला, बालबालिका र सुरक्षाकर्मी रहेको प्रवक्ता फरहादले बताउनुभयो । उहाँले बम बिस्फोटबाट ४७ जना घाइते भएका र उनीहरुको हेरातका अस्पतालहरुमा उपचार भइरहेको जानकारी दिनुभयो ।

अफगानिस्तानको मुख्य विद्रोही समूह तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले हेरातमा भएको बिस्फोटसँग आफ्नो समूहको कुनै सम्बन्ध नरहेको दाबी गर्नु भएको छ ।

राष्ट्रपति अश्रफ घानीले हेरात विस्फोटका लागि तालिबान दोषी रहेको बताउनुभएको छ । राष्ट्रपति घानीले एक वक्तव्य प्रकाशन गरी तालिबान समूहले आफ्नै जनतामाथिको अवैधानिक युद्धलाई निरन्तरता दिइरहेको र उनीहरुले वर्तमान सङ्कटको शान्तिपूर्ण समाधानका लागि पहल नगरेको उल्लेख गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…