Logo बैशाख ६, २०७८ सोमबार


अपहरण र हत्याको आरोपमा प्रहरी अधिकारीमाथि मुद्दा दर्ता

एजेन्सी । बेतायतमा ३३ वर्षीया महिलाको अपहरण तथा हत्याको आरोपमा प्रहरीका एक अधिकारीमाथि मुद्धा दर्ता भएको छ । लण्डन महानगरका अधिकारीमाथि अपहरण र हत्याको मुद्धा दर्ता भएको हो । ४८ वर्षीय वायन कुजेन्समाथि ३३ वर्षीया सारा एभरेडको अपहरण र हत्या गरेको आरोपमा मुद्धा दर्ता भएको छ ।

मेट्रो पुलिस अधिकारी कुजेन्स शनिबार वेस्टमिनिस्टर मागिस्ट्राटेस अदालतमा उपस्थित भएका थिए । उनी अहिले प्रहरीको हिरासतमा रहेका बेलायती सञ्चारमाध्यमले जनाएका छन् । अर्को सुनुवाई मार्च १६ मा हुने जनाइएको छ ।

एभरेड मार्च ३ मा दक्षिण लण्डनको क्लाप्हाम हिँडिरहेका बेला बेपत्ता भएकी थिइन्। त्यसपछि प्रहरीले सो क्षेत्रमा उनको खोजी गरेको हो । प्रहरीले उनको शव फेला पारेसँगै अहिले पोस्टमार्टम भइरहेको जनाइएको छ ।

प्रहरी जवान कुजेन्सलाई मंगलबार पक्राउ गरिएको थियो उनीमाथि शुक्रबार अभियोग दर्ता भएको हो । सुरक्षित ठानिनु पर्ने निकायबाटै असुरक्षित भएको भन्दै महिलाहरुले प्रदर्शन गर्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…

विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।

हिजो मात्रै देशभर गरी संक्रमितको संख्या एक हजार नाघेको छ। काठमाडौं उपत्यकामा मात्रै पाँच सयको हाराहारीमा संक्रमण फैलिएको छ ।