Logo जेठ ३, २०७८ सोमबार


माओवादी केन्द्रको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाठौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। बिहान ११ बजे पेरिसडाडाँमा बैठक बस्न लागेको हो। बैठकमा गृहमन्त्री थापासहित एमालेमा लागेका २३ नेतालाई कारबाही, सत्ता समीकरण, सरकारलाई दिएको समर्थन र पार्टीको आगामी रणनीतिबारे छलछल हुने जनाइएको छ ।

केन्द्रको शनिबार बसेको स्थायी समिति बैठकले आज केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो । स्थायी समिति बैठकले सरकारमा रहेका सात मन्त्रीलाई फिर्ता बोलाउने र एमालेमा गएका २३ नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।

माओवादीबाट अहिले गृहमन्त्री रामबहादुर थापा, उद्योग वाणिज्यमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी छन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले थापासहित २३ नेतालाई शुक्रबार केन्द्रीय सदस्य मनोनित गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…