Logo जेठ ३, २०७८ सोमबार


नेपाल–स्वीस चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजमा लकाईंकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन

काठमाडाैं । नेपाल–स्वीस चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजको पाँचौं वार्षिक साधारण सभाले नयाँ कार्य समिति चयन गरेकाे छ । ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज) मा फागुन २८ गते आयोजित साधारणसभाले आगामी चार वर्षका  लागि खेमराज लकाईंकाे अध्यक्षतामा सात सदस्यीय नयाँ कार्य समिति चयन गरेकाे हाे।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सुशील थापा, द्वितीय उपाध्यक्षमा कविरजंग थापा, कोषाध्यक्षमा डा. सोनी महतो चयन हुुुनुभएको छ । त्यसैगरी, साधारण सभाले सदस्यहरुमा शिवागिंनी राणा, दावा साङ्गे शेर्पा र अमृताञ्जली शाक्यलाई चयन गरेको छ । त्यस्तै, संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्तोष गिरी नियुक्त हुनुभएको छ।

संस्थाका संस्थापक अध्यक्ष रोमीलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभामा अध्यक्ष श्रेष्ठले संस्थाको वार्षिक प्रगति विवरण पेश गर्नुभएको थियो।

साधारणसभामा नवनिर्वाचित अध्यक्ष खेमराज लकाईंले नेपाल र स्वीट्जरल्याण्डबीच लामो मित्रता तथा व्यापारिक सम्बन्ध रहेको बताउँदै त्यसलाई अझै विकसित गरेर लैजानुपर्ने बताउनुभयो। नेपाल र स्वीट्जरल्याण्डबीच पर्यटन, सूचना–प्रविधि, वित्तीय क्षेत्र, निर्माण क्षेत्रलगायत धेरै क्षेत्रमा नेपालले साझेदारी गरेर जान सक्ने उहाँले उल्लेख गर्नुभयो। संस्थाले आगामी दिनहरुमा दुई देशबीचको व्यापार प्रवर्द्धन गर्नमा जोड दिने उहाँको भनाइ थियो।

साधारणसभामा अबको कार्यदिशा तथा रणनीतिको विषयमा संस्थाका उपाध्यक्ष सुशील थापाले प्रकाश पार्नुभएको थियो। संस्थाको बृहत्तर विकास तथा आगामी दिनहरुमा नीतिगत तवरबाट संस्थाले खेल्नुपर्ने भूमिकाको बारेमा उहाँले प्रस्तुतीकरण दिनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…