Logo बैशाख ३१, २०७८ शुक्रबार


अमलेखगञ्जकाे जंगलमा फस्टाउदै देह व्यापार

अनिल तिवारी
बारा । देह व्यापारलाई नेपालमा गैरकानुनी रुपमा लिइन्छ । नेपालको अन्तरिम संविधान २०६३ मा देह व्यापार सम्बन्धि प्रावधान उल्लेख गरेको छ र जस्मा नेपालको सीमाभित्र हुने कुनै पनि किसिमको देह व्यापारलाई गैर कानुनी भन्दै सजायको व्यवस्था गरेको छ । नेपालमा यसलाई सामाजिक अपराधको रुपमा चित्रण गरिएको मात्रै होईन यसै कारण समाजमा विकृति फैलाएको ठहर गर्दै यस संलग्नलाई समाजमा नकारात्मक दृष्ट्रिकोणबाट हेर्ने गरिएको छ । तर यसलाई समाजको विकृतिको रुपमा लिईने भएपनि बारामा भने देह व्यापार फस्टाएउदै गएको छ ।

बारामा पूर्वपश्चिम लोकमार्गको निजगढ पथलैया र पथलैया अमलेखगञ्ज सडक खण्डको जंगलमा देह व्यापार फस्टाउदै गएको छ । कम आय भएका महिलाहरु दाउरा घाँसको बहानामा विभिन्न स्थानबाट आएर लोकमार्ग छेउछाउको जंगलमा यौन क्रियाकलामा सरिक हुने गरेको पाईएको हो ।

बारामा रहेको निकुञ्ज क्षेत्र, राष्ट्रिय वन तथा सामुदायिक वन क्षेत्रमा पछिल्लो समय देह व्यापार गर्ने महिलाहरुको सख्यां समेत बढ्न थालेको छ । वन क्षेत्र प्रायः सुनसान हुने र प्रहरीको समेत ध्यान नजाने भएकाले यस क्षेत्रमा दिन प्रतिदिन देह व्यापार गर्ने महिलाहरुको सख्या समेत बढेको हो । पूर्वपश्चिम लोकमार्गका कारण उनीहरुका ग्राहक प्रायः सवारी चालक र स्थानीएहरु हुने गरेका छन् ।

यौन व्यवसायी महिलाहरूसँग यौन व्यवसायमा लाग्नुको कारण सोध्दा उनीहरूको सटिक जवाफ हुने गर्दछ– आर्थिक वाध्यता । यद्यपि उनीहरू सानै उमेरमा गरिने अपरिपक्व प्रेम विवाह, रुमानी सपना, फेशन अनुकुल चल्नु पर्ने इच्छा आदिका कारण पनि सानै उमेरदेखि यौन व्यवसायमा लागेको पाइएको छ ।

दैनिक के खाउँ र के लाउँ भन्ने पीडामा रुमल्लिएका महिला आफ्ना साना नानीलाई मीठो खाने कुरा किनेर दिने आशमा बाध्य भएर जिविकोपार्जनका लागि देह व्यापार गर्ने गरेको उनीहरू बताउछन् ।

सडकको विभिन्न ठाउँहरुमा नै बसेर खुलेआमा ग्रहाकहरुसँग वार्गेनिङ गरिरहेका देह व्यापारीहरुको संख्या पछिल्लो समयमा बढ्दै गइरहेको छ । खुल्लम–खुल्ला देह–व्यापार र अनैतिक कार्य हुने गरेपछि अहिले बारा जिल्ला देह व्यापारको लागि प्रख्यात हुदै आएको छ।

प्रायः महिलाहरु श्रीमानले छोडेको तथा दिनभरी ज्याला मजदुरी गर्दा समेत उचित पारिसमिक नपाएको र घरको आर्थिक अवस्था समेत कमजोर भएकै कारण प्रमुख रुपमा यो पेशामा लाग्ने गरेको उनीहरुको भनाइ रहेको छ । आर्थिक समस्याका कारण आफू यस क्षेत्रमा आउन बाध्य भएको र यहीँ पेशाबाट घर परिवारको पेट पाल्नकै लागि भए पनि देह व्यापार गर्न गरेको उनीहरुको भनाइ छ ।

बाराको वन क्षेत्रमा हुदै आएको अवैधधन्दा नियन्त्रण गर्न प्रहरी समेत निकै प्रयास गरेको छ । प्रहरीको भ्यान आउँदा भने उनीहरू वनभित्र लुक्ने गर्छन् ।

प्रहरीले पटकपटक सम्झाउने गरेको र पछिल्लो समयमा प्रहरी गएर लखेट्ने गरेको भएपनि नियन्त्रण हुन भने नसकेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक गौतम मित्रले जानकारी दिए ।

बारा प्रहरीले पटकपटक उनीहरुलाई सम्झाउने र अटेर गर्नेलाई लखेटने गरेको भए तापनि न्यूनिकरण हुन भने सकेको छैन । पछिल्लो समय पूर्वपश्चिम लोकमार्गको निजगढदेखि अमलेखगञ्ज सडक खण्डलाई अघोषित रेड लाइट एरिया भनेर चिनिने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…