Logo बैशाख ३१, २०७८ शुक्रबार


क्यान इन्फोटेक मेला बैशाख २८ देखि हुने

काठमाडाैं । यस वर्षको क्यान इन्फोटेक २०७८ काे बैशाख २८ गते देखि हुने भएको छ । कम्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघले) आईतबार पत्रकार सम्मेलन गरी मेला बारे जानकारी गराएको हो ।

मेला बैशाख २८ देखि जेठ २ गतेसम्म काठमाडाैंकाे भृकुटीमण्डपमा हुने जानकारी दिइएकाे छ । कोभिड महामारीका कारण यस वर्ष गतवर्षहरुमा भन्दा झण्डै ३ महिना ढिलो गरी मेला आयोजना हुन लागेको हो । कोभिड महामारीको जोखिम कम भई नसकेकाले मेलामा स्वास्थ्य सर्तकतामा सम्पूर्ण मापदण्डलाई पालना गरिने आयोजकले जनाएका छन् ।

क्यान मेला प्रवेश टिकटलाई यसवर्ष पेपरलेस गर्ने आयोजकले जनाएका छन् । सर्वसाधरणका लागि १ सय र विद्यार्थीका लागि ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । सरकारी तथा सामुदायिक शिक्षण संस्थाहरुलाई भने पत्रका आधारमा निशुल्क प्रवेश दिईने आयोजकले जनाएको छ ।

यसवर्ष पनि झण्डै ३ लाखले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

नेपालमा सूचना प्रविधि र मनोरञ्जन सम्बन्धी वार्षिक रुपमा आयोजना हुँदै आएको क्यान इन्फोटेकको यो २७औं संस्करण हो । क्यानले विगत २० वर्षदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना प्रविधि सम्मेलन पनि गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…